काठमाडाैं- अजय देवगनको फिल्म ‘मैदान’ बनेर लामो समय देखि थन्किएको थियो। यसको रिलिज डेट घोषणा गरिएको थिएन। समर्थक, मिडिया जब आश्चर्यमा परे, तब यसको रिलिज डेट घोषणा गरियो। यो फिल्म यही वर्षको इदमा रिलिज हुनेछ।
सन् २०२३ मा अजयको एक मात्रै फिल्म रिलिज भएको थियो- ‘भोला’। तर यो वर्ष भने अजयका ५ वटा फिल्म रिलिज हुनेछन्। ती सबै फिल्ममा अजयको मुख्य भूमिका रहनेछ।
यो वर्ष रिलिज हुने अजयको पहिलो फिल्म हो- ‘शैताल’। यो फिल्ममा अजयसँगै ज्योतिखा र आर माधवन देखिनेछन्। विकास बहलले निर्देशन गरेको फिल्म ८ मार्चमा रिलिज हुनेछ।
अजयको स्पोर्ट्स ड्रामा फिल्म ‘मैदान’ इदमा अप्रिलमा रिलिज हुनेछ। यो फिल्मलाई रविन्द्रनाथ शर्माले निर्देशन गरेका हुन्। यो फिल्मलाई बोनी कपूर, आकाश चवला, अरुणव जोय सेन गुप्ता र जी स्टुडियोले निर्माण गरेका हुन। यो फिल्म १९५२ देखि १९६२ सम्मको भारतीय फुटबलको स्वर्ण युगमा आधारित छ। फिल्ममा अजयले कुशल भारतीय प्रशिक्षक सैयद अब्दुल रहिमको भूमिका निभाएका छन्। यो फिल्ममा ए आर रहमानले संगीत दिएका छन्।
‘मैदान’ रिलिज भएको दुई साता पछि (अप्रील २६मा) अजयको फिल्म ‘औरों में कहाँ दम था’ रिलिज हुनेछ। यो फिल्मलाई नीरज पाण्डेले निर्देशन गरेका हुन्। यो एक रोमान्टिक थ्रीलर फिल्म हो। यो फिल्ममा जिमी शेरगिल र सई मान्जरेकरको पनि भूमिका रहनेछ।
८ मार्च देखि अप्रिल २६ बीचको ५० दिनमा अजयका तीन फिल्म रिलिज हुनेछन्। यस्तै भारतीय स्वतन्त्रता दिवसको अवसरमा अजयको ‘सिंगम अगेन’मा देखिनेछन्। रोहित शेट्टीले निर्देशन गरेको एक्सन एन्टरटेनरमा अजयसँगै अक्षय कुमार, रणवीर सिंह, दीपिका पादुकोण, करिना कपूर खान, टाइगर श्राफ र अर्जुन कपूर पनि देखिनेछन्।
२०२४ मा रिलिज हुने अजयको अन्तिम फिल्म हो- ‘रेड २’। यो फिल्म जनवरीको सुरुवात देखि फ्लोरमा गएको छ। फिल्मको रिलिज डेट १५ नोभेम्वरलाई तोकिएको छ। फिल्ममा अजयसँगै वाणी कपूरको मुख्य भूमिका छ। यस्तै रितेश देशमुखले खलनायकको भूमिका निभाउनेछन्। फिल्मलाई राजकुमार गुप्ताले निर्देशन गरेका हुन्।
एक वर्षमा एक शिर्ष अभिनेताका ५ फिल्म रिलिज हुनु निकै दर्लभ हो। खासगरी आजको समयमा। यद्यपी यसअघि पनि अजयका एकै वर्षमा ५ फिल्म रिलिज भएका थिए। सन् १९९३ मा अजयका ८ फिल्म रिलिज भएका थिए। त्यो वर्ष ‘दिव्यशक्ति’, ‘प्लेटफार्म’, ‘संग्राम’, ‘शक्तिमान’, ‘दिल है बेतन’, ‘एक ही रास्ता’, ‘बेदर्दी और धनवान’ रलिज भएका थिए। सन् २००५ मा उनका ८ फिल्म रिलिज भएका थिए। त्यो वर्ष ‘इंसान’, ‘ब्लयाकमेल’, ‘जमीर- द फायर विदइन’, ‘टैंगो चार्ली’, ‘काल’, ‘मैं ऐसा ही हूँ’, ‘अपहरण’ र ‘शिखर’ रलिज भएका थिए। यस्तै सन् २००३ मा अजयका ७ वटा फिल्म रिलिज भएक थिए। त्यो वर्ष उनका फिल्म ‘भूत’, ‘कयामत’, ‘चोरी चोरी’, ‘गंगाजल’, ‘परवाना’, ‘जमीन’ र ‘एलओसी कारगिल’ रलिज भएका थिए।
सन् २०१० मा अजयका ६ वटा फिल्म ‘अतिथि तुम कब जाओगे’, ‘राजनीति’, वन्स अपन अ टाइम इन मुम्बई’, ‘आक्रोश’, ‘गोलमाल ३’ र ‘टूनपुर का सुपरहीरो’। सन् २०१० उनका लागि महत्वपूर्ण वर्ष थियो। किनकी ‘राजनीति’ र ‘वन्स अपन अ टाइम इन मुम्बई’ हिट भएका थिए।


