काठमाडौं- बलिउडकी शिर्ष अभिनेत्री मध्येकी एक हुन्-कटरिना कैफ। एक मोडलकारुपमा करियरको सुरुवात गरेकी उनी टप हिरोइनको मध्येमा पर्छिन्। उनले सन् २००७ मा रिलिज भएको फिल्म ‘नमस्ते लन्डन’बाट प्रसिद्धि कमाइन्। त्यसयता उनले पछाडी फर्किएर हेर्नु परेको छैन। उनी ४० वर्षिया कटरिनाले कडा महेनतपछि कटरिना २ सय करोड भन्दा धेरैकी मालिक हुन्।
बलिउड समाचार साइट पिंकभिल्लाले कटिरनाको सम्पत्ति, आम्दानीका स्रोत र अन्य केही चाखलाग्दा विषयको खुलासा गरेको छ। फोर्ब्स र डीएनएका अनुसार सन् २०२४ मा कटरिनाको कुल सम्पत्ति २२४ करोड भारतीय रुपैयाँछ। उनी बलिउडमा सबैभन्दा धेरै पारिश्रमिक बुझ्ने अभिनेत्री मध्येकी एक हुन्। लाइफस्टाइल एशियाका अनुसार उनको मासिक आम्दानी ३ करोड रुपैयाँ हो। उनले वार्षिक करिब ३० करोड भन्दा धेरै कमाउने गर्छिन्। उनले एक फिल्मबाट १० देखि १२ करोड रुपैयाँ फिस लिने गरेकी छन्।
कटरिनाको परिचय
नाम: कैटरीना कैफ
वार्षिक आम्दानीः ३० करोड
जन्मः १६ जुलाई १९८३
उमेरः ४० वर्ष
जन्म स्थान: भिक्टोरिया, हङकङ
हाइट: १.७४ मिटर
राष्ट्रीयता: ब्रिटिश
मासिक आम्दानी: ३ करोड
श्रीमान: विक्की कौशल
माता-पिता: मोहम्मद कैफ, सुजैन टर्कोटे
नेट वर्थ: २२४ करोड
आम्दानीको स्रोत
उनको प्राथमिक आयको स्रोत फिल्म हो। पछिल्लो दशकमा कटरिनाको कुल सम्पत्ति २२४ करोड आम्दानी गरेकी छन्। यद्यपी उनले रियल स्टेट र अन्य व्यवसायमा पनि कदम राखेकी छन्। कटरिना प्रतिष्ठित ब्रान्ड लेक्मे, लोरियल, स्लाइस, राडो, यूनिक्लो, एतिहाद एयरवेज, पानसोनिक लगायतको ब्रान्ड एम्बासडर हुन्। यी ब्रान्डबाट उनले ६ देखि ७ करोडसम्म एन्डर्समेन्ट फिस लिने गरेकी छन्।
उनका इन्स्टाग्राममा ७८ मिलियन भन्दा धेरै फलोअर्स छन्। उनले सामाजिक सञ्जाल मार्फत ब्रान्डको प्रचार गरेवापत पनि राम्रो आम्दानी गर्ने गरेकी छन्। उनले एक प्रमोसन पोस्ट गरे वापत ७२.८ लाख देखि १ करोड रुपैयाँसम्म चार्ज गर्ने गरेकी छन्।
सन् २०१९ मा कटिरानले आफ्नै कस्मेटिक ब्रान्ड ‘के ब्यूटी ब्रान्ड’ लञ्च गरेकी थिइन्। फोर्ब्सको सन् २०२२ को रिपोर्ट अनुसार उनको ब्रान्डले तीन वर्षमा सय करोड भन्दा बढीको वार्षिक व्यापार गर्ने गरेको छ। यो ब्रान्डमा फाउन्डेसन, लिपस्टिक, कन्सिलर, हेयर सेरम, परफ्यूम, हाइलाइट लगायतका उत्पादन समावेश छन्।
आफ्नै ब्रान्ड स्थापना गर्नुअघि कटरिनाले २०१८ मा नायकासँग संयुक्त व्यापार गर्न २.०४ करोडरुपैयाँ रणनीतिक लगानी गरेकी थिइन्। जसलाई नायका-कके ब्यूटीका नामले चिन्ने गरिन्छ। उनले विभिन्न कार्यक्रममा उपस्थित भए पर्फमेन्स गरेर पनि राम्रो आम्दानी गर्ने गरेकी छिन्। उनले निजि कार्यक्रममा भाग लिएर पर्फमेन्स गर्दा ३.५ करोड रुपैयाँ फिस लिने गरेकी छन्।
कटरिनाको बान्द्रामा एक अपार्टमेन्ट छ। जसको मूल्य ८.२० करोड भएको बताइन्छ। उनले लोखन्डावालामा एक रियलस्टेटमा पनि लगानी गरेकी छन्। जसको मूल्य करिब १८ करोड हो। यस्का साथै उनले बान्द्रामा पेन्ट हाउस पनि किनेकी छन्। जहाँ उनी अहिले पति विक्की कौशलसँग बस्छिन्। उनको लन्डनमा ७ करोड पर्ने घर पनि छ।
कटरिनाको करियर
सन् २००३ मा फिल्म ‘बुम’बाट उनले करियरको सुरुवात गरेकी थिइन्। सन् २००७ मा रिलिज भएको फिल्म ‘नमस्ते लण्डन’को सफलताले उनलाई एक शिर्ष अभिनेत्रीकारुपमा स्थापित गरायो। उनले सहो वर्ष ‘वेलकम’ जस्तो हिट फिल्ममा काम गरिन्।
कटरिनाका सबैभन्दा सफल ५ फिल्म
१. नमस्ते लन्दन (२००७)
२. जिन्दगी ना मिलेगी दोबारा (२०११)
३. जब तक है जान (२०१२)
४. एक था टाइगर (२०१२)
५. टाइगर जिन्दा है (२०१७)


