काठमाडौं- सञ्जयलिला भन्सालीले रणवीर कपूर, आलिया भट्ट र विक्की कौशललाई लिएर फिल्म बनाउने भएका छन्। पिंकभिल्लाका अनुसार भन्सालीले एक लभस्टोरी फिल्म बनाउने भएका हुन्। भन्सालीले फिल्मका बारेमा रणबीर, आलिया र विक्कीसँग कुरा गरिरहेका छन्।
‘यो एक लभस्टोरी फिल्म हुनेछ। रणवीर आलिया दुवैले फिल्मको कथा सुनेका छन्। दुवै फिल्मको कथा मन पराएका छन्। आलिया फिल्ममा काम गर्न सहमत भइसकेकी छन्। रणवीरसँगको कुराकानी अन्तिम चरणमा छ,’ समाचारमा भनिएको छ, ‘विक्की पनि फिल्ममा काम गर्न तयार छन्।’
अबको १५ दिनमा फिल्मका बारेमा सहमति बन्ने बताइएको छ। फिल्म नोभेम्बर देखि फ्लोरमा जाने बताइएको छ। भन्सालीको फिल्म भन्दा पहिला रणबीरले नितेश तिवारीको निर्देशनमा बन्ने फिल्म ‘रामायण’को सुटिङ पुरा गर्नेछन्। आलियाले भने यशराज फिल्म्सको स्पाई यूनिभर्सको फिल्मको काम गर्नेछन्। विक्कीले भने ‘चाव्वा’ लगायतका अन्य फिल्ममा काम गर्नेछन्।


