काठमाडौं- एक्सनले भरपुर ‘बडे मिया छोटे मिया’ २०२४ को सबैभन्दा प्रतिक्षित फिल्म मध्येको एक हो। फिल्ममा अक्षय कुमार र टाइगर श्राफको मुख्य भूमिका छ। फिल्मको टिजर बुधबार रिलिज भएको छ। १ मिनेट ३८ सेकेन्ड लामो टिजरमा भरपुर एक्सन देखाइएको छ। यस्तै खतरनाक खलनायकको परिचय समेत गराइएको छ।
टिजरमा अक्षय कुमार र टाइगर श्राफको दमदार एन्ट्री पनि देखाइएको छ। उनीहरुको एन्ट्री हुँदाको संवाद छ- दिल से सैनिक, दिमाग से सैतान है हम। यो फिल्मलाई अली अब्बास जफरले निर्देशन गरेका हुन्।
२०२४ को अप्रिलमा रिलिज हुने फिल्ममा अक्षय, टाइगरका अलवा पृथ्वीराज सुकुमारन, सोनाक्षी सिन्हा, मानुषी छिल्लर, अलाया एफ र रोनित रायको पनि मुख्य भूमिका छ। फिल्ममा विशाल मिश्राले संगीत दिएका छन्। गीत भने इरशाद कामिलले लेखेका हुन्। फिल्मलाई पुजा एन्टरटेन्मेन्ट र एएजेड फिल्म्सले निर्माण गरेको हो।
हेर्नुहोस् टिजर


