२०८३ कार्तिक १३ गते बिहिबार

निक्षेपको ब्याजदर घटेसँगै ९२ अंकले बढ्यो नेप्से

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, चैत २९
NEPSE
नेपाल स्टक एक्सचेन्ज

काठमाडौं- विष्णुप्रसाद पौडेल अर्थमन्त्रीबाट हटेसँगै निरन्तर रुपमा घटेको सेयर बजार परिसूचक नेप्सेमा बुधबार उच्च अंकको वृद्धि भएकव छ। नेपाल बैंकर्स एसोसिएसनले नयाँ वर्ष २०८० देखि ब्याजदर घटाउने समझदारी गरेसँगै बुधबारको सेयर बजारमा उच्च अंकको सुधार भएको हो।

बुधबार नेप्से ९२.२२ अंकले बढेर १९६३.५५ बिन्दुमा पुगेको छ। २ सय १८ कम्पनीको सेयर खरिदबिक्री भएको नेप्सेमा १ अर्ब ९७ करोड रुपैयाँ बारबरको सेयर कारोबार भएको छ। ६ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ।

बुधबार सबैभन्दा धेरै सेयर कारोबार शिवम सिमेन्टको भएको छ। कुनै समयमा १५ सयसम्म सेयर मूल्य कायम भएको शिवमको ४१३ रुपैयाँमा ११ करोड ७१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो।

यसैगरी विगत दुई आर्थिक वर्षबाट लाभांश वितरण गर्न नसकेको एनआईसी एसिया बैंकमा पनि लगानीकर्ता झुमिएका छन्। ६ करोड २९ लाख रुपैयाँ बराबरको सेयर कारोबार गर्दै एनआईसी एसिया बैंक कारोबारका आधारमा दोस्रो स्थानमा रहेको छ। एनआईसी एसिया बैंकले राष्ट्र बैंकले तोकेको ८.५ प्रतिशतको न्युनतम पुँजीकोष(टायर वान क्यापिटल) कायम नगर्दा विगत दुई वर्षदेखि लाभांश वितरण गर्न सकेको छैन।

न्यूनतम पुँजीकोषको वितरण प्रत्येक महिना बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकलाई बुझाउनुपर्छ। कुनै पनि आर्थिक वर्ष को कुनै पनि एक महिनामा न्युनतम पुँजीकोषको मापदण्ड पूरा नगरेमा राष्ट्र बैंकले लाभांशमा रोक लगाउँछ।

बैंकर्स संघले ब्याजदर १० प्रतिशतले घटाएपछि नेप्सेमा उच्च अंकको वृद्धि देखिएको हो। मंगलबार राष्ट्र बैंकले पत्रकार सम्मेलन गर्दै विदेशी मुद्रा सञ्चितिमाथिको दबाब कम भएकाले अब तरलता सहज हुँदै गएको बताएको थियो।

सञ्चितिमाथिको दबाब कम गर्न राष्ट्र बैंकले लगाएको विलासी वस्तुमाथिको आयात प्रतिबन्ध पनि खुकुलो बनाएको छ।

उच्च ब्याजदरका कारण बजारमा कर्जाको माग घटेकाले बैंक तथा वित्तीय संस्थामाथि ब्याजदर घटाउन दबाब थियो। चैतको सुरुबाटै ब्याजदर घटाउने क्रम सुरु भएको थियो।

यसैगरी राष्ट्र बैंकले निक्षेप र कर्जाबीचको अन्तर स्प्रेड दर पनि ५ प्रतिशतबाट ४.४ प्रतिशत र चैत महिना ४ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेको छ। जसले गर्दा कर्जाको आधार दरमा घट्ने संकेतहरु देखिएका छन्।

बैंकहरुले ७ प्रतिशतसम्म पुर्याएको प्रिमियम दर घटाएर ५ प्रतिशत कायम गर्न सहमत भएका छन्। जसको असरले वैशाखबाट कर्जाको ब्याजदर समान्यरुपमा घट्ने र आगामी आर्थिक वर्षबाट ब्याजदर तुलनात्मकरुपमा सस्तो हुने अनुमान गरिएको छ। त्यसको असर आजको सेयर बजारमा देखिएको हो।

यसैगरी प्रधानमन्त्रीदेखि अर्थमन्त्री समेतले ब्याजदर घटाउनका लागि राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थालाई दबाब दिइरहेका थिए।

प्रकाशित: २०७९ चैत २९ गते बुधबार ०३:५६
प्रतिक्रिया

थप समाचार

ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना