काठमाडौं- सञ्जय लिला भन्सालीले फिल्म ‘लभ एन्ड वार’ बनाउने भएका छन्। उनले बिहीबार फिल्मको घोषणा गरेका हुन्। फिल्ममा रणबीर कपूर, आलिया भट्ट र विक्की कौशलको मुख्य भूमिका रहनेछ। फिल्म सन् २०२५ को क्रिसमसमा रिलिज हुनेछ।
यो फिल्मसँगै हिलउड फिल्म ‘अवतार ३’ पनि सोही बेला रिलिज हुनेछ।


