काठमाडौं- ऋतिक रोशन, दीपिका पादुकोण र अनिल कपूर स्टारर फिल्म ‘फाइटर’ले ४ दिनमा १२३ करोड नेट कलेक्सन गरेको हो। फिल्मले भारतभरमा १२३. ६० करोडको कमाइ गरेको हो। फिल्मले विहीबार २४.६० करोड, शुक्रबार ४१.२० करोड, शनिवार २७.६० करोड र आइतबार ३०.६० करोडको नेट कलेक्सन गरेको हो।
भारतीय फिल्मको व्यापार विश्लेषक तरन आदर्शले फिल्मको असली परिक्षा आज (सोमबार) भएको बताएका छन्। आजको कलेक्सनले फिल्मको लाइफटाइम कलेक्सनको संकेत गर्नेछ। सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्मलाई भियाकोम१८ स्टुडियोले निर्माण गरेको हो।


