काठमाडौं- अल्लू अर्जुन स्टारर ‘पुष्पा २ः द रुल’ सन् २०२४ को बहुप्रतीक्षित फिल्म मध्येको एक हो। यो फिल्म अगस्ट १५ मा रिलिज हुने बनाइएको थियो। निर्माणपक्षले फिल्मको रिलिज डेट कन्फ्रम गरेको छ। सामाजिक सञ्जाल मार्फत निर्माण पक्षले फिल्म २०० दिनमा रिलिज हुने डेट सहितको पोस्टर सार्वजनिक गरेको छ।
यो फिल्मबाट ट्रेड र दर्शक दुवैलाई ठूलो अपेक्षा छ। १५ महिना भन्दा लामो समय देखि यो फिल्मको प्रतिक्षा भइरहेको छ। सन् २०२१ मा ‘पुष्पाः द राइज’ रिलिज भएको थियो। यो फिल्मले केही रेकर्ड तोडेको थियो। नेश्नल अवार्ड विजेता अल्लू अर्जुन र निर्देशक सुकुमारको जोडीले बक्स अफिसमा धूम मच्चाएको थियो। फिल्ममा रश्मिका मन्दानाको पनि मुख्य भूमिका थियो। फिलम्लाई माइथ्री मूवी मेकर्सले निर्माण गरेको हो।
यसको दोस्रो भाग ‘पुष्पा २ः द रुल’ १५ अगस्टमा रिलिज हुनेछ। दोस्रो भागमा अल्लू अर्जुन, रश्मिकासँगै फहद फासिलको मुख्य भूमिका रहनेछ।
200 DAYS for Pushpa Raj to begin his RULE 🔥🔥#Pushpa2TheRule Grand Release Worldwide on 15th AUG 2024 ❤🔥#PushpaKaRuleIn200Days 💥💥
Icon Star @alluarjun @iamRashmika #FahadhFaasil @aryasukku @ThisIsDSP @SukumarWritings @TSeries pic.twitter.com/RxUDlkdrpB
— Mythri Movie Makers (@MythriOfficial) January 29, 2024


