२०८३ कार्तिक १३ गते बिहिबार

महिला पत्रकारले बनाएका ५ वृत्तचित्र प्रर्दशन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ १७
423599983_1847222732442658_5187880515525562002_n

जनकपुर- मधेश प्रदेशका कार्यरत महिला पत्रकारले बनाएका ५ वृत्तचित्र जनकपुरमा प्रर्दशन गरिएको छ। मधेश प्रदेशमा कार्यरत ९ जना महिला पत्रकारले बनाएका वृत्तचित्र प्रदर्शन शुक्रबार गरिएको हो।

कार्यक्रममा मानवअधिकार चलचित्र केन्द्रका विष्णु खत्रीले कार्यक्रमबारे प्रकाश पार्दै ५ वटै निर्मित वृत्तचित्रका बारेमा प्रकाश पारेका थिए। ९ जना पत्रकार महिलाले झिझिया, बहिना, छटिहार, हटिया र अन्हार जिनगी नामक वृत्तचित्र निर्माण गरेका हुन्।

युएसएआईडी नागरिक र सञ्चार (सीएसएम) कार्यक्रमको मिडिया फेलोसिप च्यालेन्ज फन्ड अन्तर्गत मानवअधिकार चलचित्र केन्द्रले वृत्तचित्र निर्माणमा सहयोग गरेको हो।

कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले मानव भएकै कारण मानिसहरु रचनात्मक भएकोले समाजमा केही सन्देश दिनसक्नुपर्ने बताए। भाषासंस्कृतिमाथि आक्रमण भइरहेको तथा कतिपय लोप हुने अवस्थामा पुगेकोप्रति उनले चिन्ता व्यक्त गरे।

वृत्तचित्रमा मानव अधिकार लगायतका विभिन्न तहलाई संवेदनशील रुपमा उठाइएको र अझ पहल र सुधारको जरुरी रहेकोले यसप्रति आफ्नो तर्फबाट हुन सक्ने सक्दो पहल गर्ने प्रतिबद्धता उनको थियो।

प्रदेश सभा सासंद रानी तिवारीले कार्यक्रममा सम्बोधन गर्र्दै कार्यक्रम एकदमै महत्वपूर्ण रहेको बताइन्।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साहले वृत्तचित्रले मधेश प्रदेशको वास्तविकतालाई उजागर गरेको र अझ केही शोध गरेर फिल्म निर्माण गनुपर्नेमा जोड दिए।

उद्योग वाणिज्य महासंघ धनुषा शाखाका जितेन्द्र महासेठले मधेश प्रदेश मानव सूचाकांकमा पनि पछि रहेकोले वृत्तचित्रमा देखाईएका विभिन्न बेथिति सुधारमा ध्यान दिनुपर्ने बताए।

नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष मनिका झाले मधेशमा पत्रकारिता गर्दै आएका पत्रकार महिलाहरुले बनाएका वृत्तचित्रले मधेशको विभिन्न पक्ष र सवालमा वास्तविकता ल्याएको बताइन्।

कार्यक्रममा द एसिया फाउण्डेसनका कार्यक्रम प्रमुख रोशन झा, राष्ट्रिय मानवअधिकार आयोग मधेश प्रदेशका प्रमुख मन्जु खतिवडा, संचारकर्मी, राजनीतीक दलका प्रतिनिधी लगायतले पनि धारणा राखेका थिए।

युएसएआईडी नागरिक र सञ्चार (सीएसएम) कार्यक्रमको मिडिया फेलोसिप च्यालेन्ज फन्ड अन्तर्गत मानवअधिकार चलचित्र केन्द्रले वृत्तचित्र निर्माणमा सहयोग गरेको हो।

प्रकाशित: २०८० माघ १७ गते बुधबार ०२:३३
प्रतिक्रिया

थप समाचार

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना