२०८३ कार्तिक १३ गते बिहिबार

यी हुन् श्रेया घोषालका टप १० गीत

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ १७
shreya

काठमाडौं- श्रेया घोषाल भारतकी प्रतिभाशाली र लोकप्रिय गायिका हुन्।

धेरै भाषामा सुरिलो आवाज दिएर दर्शकलाई मन्त्रमुग्ध गराउन सफल घोषाल सन् २००२ मा सञ्जयलिला भन्सालीको फिल्म ‘देवदास’बाट बलिउडमा डेब्यू गरेकी हुन्।

घोषालले दर्शक/स्रोतालाई मन्त्रमुग्ध पार्ने क्रम जारी छ।

विभिन्न फिल्म र एल्बममार्फत भारतीय संगीत क्षेत्रमा उनको योगदानको प्रशंशा हुने गरेको छ।

यी हुन् श्रेयाका टप १० गीत 

१‍‍. सम्झावां

फिल्म: हम्प्टी शर्मा की दुल्हनिया
संगीत: जवाद अहमद, शारिब-तोशी
गीतकार: अहमद अनीस, कुमार
सह-कलाकार: अरिजीत सिंह

फिल्म ‘हम्प्टी शर्मा की दुल्हनिया’ को गीत ‘समझावां’ श्रेया घोषालका उत्कृष्ट गीत मध्येको एक हो। वरुण धवन र आलिया भट्टको मुख्य भूमिका रहेको फिल्ममा यो गीतले उनीहरुको कमेस्ट्रीलाई अझ कसिलो देखाएको छ।  श्रेयाको दाजुयी स्वर रहेको गीत आज पनि उत्तिकै सुनिने गीतमा पर्छ।

२. झल्ला वल्लाह

फिल्म: इशकजादे
संगीत: अमित त्रिवेदी
गीतकार: कौसर मुनीर

‘झल्ला वल्लाह’ एक जीवन्त र उत्साही गीत हो।  जो एक गायिकाकारुपमा श्रेयाको बहुमुखी प्रतिभाको उदाहरण पनि हो। अर्जुन कपूर र परिणीति चोपडाको मुख्य भूमिका रहेको फिल्म ‘इशकजादे’को यो गीत खुब हिट रहेको बनेकव थियो। यो गीत विवाहमा बज्ने रोमान्टिक गीत हो।

३. राधा

फिल्म: स्टुडेन्ट अफ द ईयर
संगीत: विशाल-शेखर
गीतकार: अन्विता दत्त
सह-कलाकार: उदित नारायण, विशाल ददलानी, शेखर रवजियानी

फिल्म ‘स्टुडेन्ट अफ द ईयर’को गीत ‘राधा’मा सिद्धार्थ मल्होत्रा, आलिया भट्ट र वरुण धवन लगायतका कलाकारको टोलीले उत्कृष्ट नृत्य गरेका छन्। कोरियोग्राफी र दृश्यात्मकरूपमा शानदार सेटमा यो गीत फिल्माइएको छ।

४. चिकनी चमेली

फिल्म: अग्निपथ
संगीत: अजय-अतुल
गीतकार: अमिताभ भट्टाचार्य

श्रेया घोषालका उत्कृष्ट गीतमा ‘चिकनी चमेली’ पनि पर्छ।  फिल्म ‘अग्निपथ’को यो गीतमा कटरीना कैफको शानदार नृत्य देख्न सकिन्छ।

५. बहारा

फिल्म: आई हेट लव स्टोरीज
संगीत: विशाल-शेखर
गीतकार: कुमार
सह-कलाकार: सोना महापात्रा

‘बहारा’ फिल्मको यो गीत एक भावपूर्ण र मधुर गीत हो। जुन गीतले मायाको सुन्दरताको सारलाई दर्शाउँछ। इमरान खान र सोनम कपूरको मुख्य भूमिका रहेको यो फिल्ममा यो गीतले  शान्ति र कोमलताको भावना पैदा गर्छ।

६. तेरी ओर

फिल्म: सिंह इज किङ
संगीत: प्रीतम
गीतकार: मयूर पुरी
सह-कलाकार: राहत फतेह अली खान

‘सिंह इज किङ’ गीत ‘तेरी ओर’ले अक्षय कुमार र कटरीना कैफबीचको स्वप्निल केमिस्ट्रीलाई अझ सुन्दर बनाएको छ। यो गीत गहिरो प्रेम र अटुट सम्बन्धलाई  दर्शाउँछ।

७. धूम ताना

फिल्म: ओम शान्ति ओम
संगीत: विशाल-शेखर
गीतकार: जावेद अख्तर
सह-कलाकार: अभिजीत भट्टाचार्य

‘ओम शान्ति ओम’ को ‘धूम ताना’ एक शानदार गीत हो। शाहरुख खान र दीपिका पादुकोणले यो गीतमा उत्कृष्ट नृत्य गरेका छन्।  यो गीतले क्लासिक बलिउड संगीतको पुरानो यादलाई ताजा गराउँछ।

८. ये इश्क है

फिल्म: जब वी मेट
संगीत: प्रीतम
गीतकार: इरशाद कामिल

‘जब वी मेट’ को ‘ये इश्क है’ले फिल्मका मुख्य पात्रबीचको प्रेम कथालाई दर्शाउँछ। फिल्ममा शाहिद कपूर र करीना कपूर खानको मुख्य भूमिका छ।

९. मेरे ढोलना

फिल्म: भूल भुलैया
संगीत: प्रीतम
गीतकार: समीर
सह-कलाकार: एम.जी. श्रीकुमार

‘मेरे ढोलना’ फिल्म ‘भूल भुलैया’ को एक सदाबहार र सुन्दर गी तहो। श्रेयाको अलौकिक स्वर र शास्त्रीय धुनमा विद्या बालनले मनमोहक नृत्य गरेकी छन्।

१०. अगर तुम मिल जाओ

फिल्म: जहर
संगीत: अनु मलिक, रूप कुमार राठौड
गीतकार: सईद कादरी

फिल्म ‘जहर’ गीत ‘अगर तुम मिल जाओ’ भावनात्मक गहिराइ र सुन्दर रचनाका लागि प्रख्यात छ। यो फिल्ममा इमरान हाशमी, उदिता गोस्वामी र शमिता शेट्टीको मुख्य भूमिका छ।

-पिंकभिल्लाबाट

प्रकाशित: २०८० माघ १७ गते बुधबार ०४:०९
प्रतिक्रिया

थप समाचार

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना