काठमाडौं- भारतीय मोडल पुनम पाण्डेको ३२ वर्षको उमेरमा निधन भएको छ। आजतकका अनुसार पाठेघरको क्यान्सरका कारण उनको निधन भएको हो।
उनको निधनको जानकारी उनकै इन्स्टाग्राम पोस्ट मार्फत दिइएको छ। उनका म्यानेजर पनि उनको निधनको खबरलाई पुष्टि गरेका छन्।
‘आज विहान हामी सबैका लागि निकै मुस्किल रह्यो। हाम्री प्यारी पुनमलाई हामीले पाठेघरको क्यान्सरका कारण गुमायौं,’ उनको टिमले इन्स्टाग्राम पोस्टमा भनेको छ।


