गोदावरी (ललितपुर)- उपसभामुख इन्दिरा रानाको प्रमुख आथित्यतामा १२ मिनेटको म्युजिकल चलचित्र ‘चल्ने हावालाई’ प्रदर्शनमा गरिएको छ।
चलचित्र निर्देशक संगीता श्रेष्ठको निर्देशनमा बनेको सो चलचित्रमा महिला शक्तिकरणका कुराहरू उठाइएको भन्दै उपसभामुख रानाले प्रशंसा गरेकी छन्। आफ्नो जीवन पनि सानैदेखि गरिबी, अभाव र दुःखमै बितेको उनले बताइन्।
त्यस अवसरमा नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनालले समाजमा देखिने नकारात्मक कुराहरूलाई गीतसङ्गीतमार्फत उठाइएको भन्दै सफलताको शुभकामना दिएका थिए।
राष्ट्रिय सेवा दलका तालिम योजना तथा अनुगमन निरीक्षक महेशकुमार थापाले महिलाहरूलाई सम्पूर्ण अधिकार प्रयोग गर्न सक्ने गरी सक्षम बनाउनुपर्नेमा जोड दिए।
गीतमा शिव चम्लागाईको शब्द र सङ्गीत छ। फिल्ममा कलाकारहरू सञ्चिता लुइँटेल, बेनिसा हमाल, गजित बिष्ट, सोनिका बास्तोला, थमन सिंह पुर्जा, क्रिस केसी र बाल कलाकार समृद्धि श्रेष्ठले अनिभय गरेका छन्।


