२०८३ कार्तिक १३ गते बिहिबार

ओझेलमा पर्दै ‘प्रत्यक्ष लोक दोहोरी’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ २९
ss

म्याग्दी (बेनी)- म्याग्दीकी अग्रज कलाकार धनकुमारी थापालाई आजभोलिका मेला, महोत्सव खल्लो लाग्छ। परम्परागत रुपमा लाग्ने मेलाको मुख्य आकर्षण ‘प्रत्यक्ष लोक दोहोरी’ प्रतिपस्पर्धा हुने भए पनि आजभोलिका मेला, महोत्सवको रौनकता रेकर्ड भएका गीत सङ्गीतमा सीमित हुन थालेको उनको भनाइ छ।

म्याग्दी, बागलुङ, पर्वत र मुस्ताङसँगै राष्ट्रियस्तरका लोक दोहोरीमा समेत थुप्रै पटक पुरस्कार हात पार्न सफल भएकी ६४ वर्षीया थापाले रेकर्ड भएका सङ्गीतमा गीत गाउने र रेकर्ड गरिएका सङ्गीतको ट्र्याकमा गीत गाउने प्रचलनले नेपाली मौलिक संस्कृतिको रुपमा रहेको प्रतियोगितात्मक प्रत्यक्ष लोक दोहोरी गीत ओझेलमा परेको बताइन्।

उनले चाडपर्वलाई लक्षित गरेर आयोजना हुने मेला, महोत्सवमा परम्परागत लोक दोहोरीको रौनक हराएर जान थालेको गुनासो गरिन्। उनले भनिन् ‘परम्परागत रुपमा मेला पर्वका सांस्कृतिक कार्यक्रममा प्रत्यक्ष लोकदोहोरी पहिलो प्राथमिकतामा पर्ने गथ्र्यो। लोक दोहोरीलाई धेरैले रुचाउने गर्थे।’ दोहोरी गाउने कलाकारले मेला पर्वबाटै आफ्नो प्रतिभा प्रस्फुटन र पहिचान गर्ने अवसर पाउने गरेकोमा पछिल्लो समय लोक दोहोरी गाउने र वाद्यवाधन बजाउने सीप हराउँदै गएको अग्रज गायिका थापा बताइन्।

‘मैले गाउँमा आमाहरुले रोधी गाउँदा गीत गाउन थालेको थिएँ, १५ वर्षको उमेरमा नै तत्कालीन अञ्चलस्तरीय प्रतियोगितामा प्रथम भएको थिएँ, पछि नेपालगञ्जमा भएको राष्ट्रिय प्रतियोगितामा पनि हाम्रो टिम प्रथम भयो, धौलागिरि क्षेत्रका मेलामा थुप्रै पटक पुरस्कार जितेका थियौँ, तर आजभोलि मेला महोत्सवमा स्थानीयस्तरका दोहोरी प्रतियोगिता निकै कम मात्रामा भएको देखिन्छ’, उनले भनिन्।
बेनीको माघेसङ्क्रान्ति मेला, गलेश्वरको सतबिज छर्ने मेला, बरङ्जाको धुलेमेला, राखुभगवतीको बडादसैँ मेला र बागलुङको चैतेदसैँमा लोक दोहोरी गीत सुन्न भीड नै लाग्ने गरेको उनको भनाइ थियो।

प्रत्यक्ष दोहोरीमा माया प्रेम, सदभाव, नाता सम्वन्ध, घरदेखि अन्यका कथा सुनेर मनोरञ्जन लिन टाढा टाढाबाट आएका सर्वसाधारणले दोहोरीका सवाल–जवाफ र घोचपेचलाई छलफल र बहसको विषयसमेत बनाउने गरेको उनी स्मरण गर्छिन। तत्कालीन समयमा रेडियो नेपालमा समेत स्वर परीक्षणमा उर्तिण भएकी गायिका थापाले सालैजो, अबिजाले मायाँ, साइलो भाकालगायतका आधा दर्जन बढी म्याग्दी जिल्लालाई चिनाउने गीतसमेत रेकर्ड गरी बाहिर ल्याएकी छिन्। २०४० को दशकमा म्याग्दीमा थापासँगै कृष्ण पौडेल, बीरबहादुर कार्की, नरबहादुर बिसीलगायतका कलाकारहरु गण्डकी क्षेत्रमै लोकदोहोरी गाउने चर्चित कलाकारको रुपमा परिचित थिए। बेनी–६ का अग्रज लोक दोहोरी कलाकार कृष्ण पौडेलले प्रत्येक्ष दोहोरी गाउने संस्कृति गाउँबाट लोप हुँदै गएको बताए।

‘म शिक्षणको क्रममा घर छाडेर अर्मन पुगेपछि दोहोरी गाउन सिकेको हुँ, त्यहाँ टोल टोलमा रोदी बस्ने चलन थियो, रेडियोमा बज्ने गीत सुनेर रोधिमा गाउँदागाउँदै गीतबाट जवाफ फर्काउन सक्ने क्षमता विकास भएको थियो, स्थानीय, अञ्चलस्तर हुँदै राष्ट्रियस्तरका प्रतियोगितामा पनि हामीले धेरै पुरस्कार जितेका थियौँ’, उनले भनिन्। गायिका थापा र गायक पौडेलले बागलुङको चैतेदसैँ मेलामा लगातार प्रथम पुरस्कार हात पारेपनि उनीहरुले सहभागी हुन नै छाड्नुपरेको थियो। शिक्षणमा ३७ वर्ष बिताएका ६१ वर्षीय पौडेलले दुई दशकसम्म प्रत्यक्ष लोकदोहोरी गाएका थिए। ‘मैले लामो समय प्रत्यक्ष दोहोरी गाएँ, तर गीत नै रेकर्ड भने गराउने मेसो मिलेन, त्यतिबेला गाउँगाउँका मेलामा दोहोरी गीत गुञ्जन्थ्यो, हिजोआज रेकर्डका गीतले मेला महोत्सवमा बढी ठाउँ पाउन थालेका छन्, यसले गर्दा परम्परागत नेपाली मौलिक संस्कृतिको रुपमा परिचित लोक दोहोरी गाउँगाउँबाट हराउने अवस्थामा पुगेको छ’, पौडेलले भने।

तत्कालीन समयमा मेला पर्वमा प्रतियोगी लोक दोहोरीसँगै रातभर रोधि बसेर गाउने चलनसमेत थियो। म्याग्दीमा हरेक वर्ष एक सय बढी ठाउँमा मेला पर्व, महोत्सव आयोजना हुने गर्छन्। तर मेला महोत्सवमा स्थानीय लोक दोहोरी प्रतियोगिता वीरलै मात्रामा आयोजना हुने गरेका छन्। म्याग्दी लोक दोहोरीमा उर्वर भूमिको रुपमा समेत चिनिन्छ। पछिल्लो पुस्ताबाट लोक दोहोरी गायक गायिकाको रुपमा पहिचान बनाउन सफल कलाकार कृष्ण परियार, कुलदीप जुग्जाली, सोभा कार्की, सुमी घिमिरे सापकोटा, राम गगन, राजन भुजेललगायतले जिल्लाकै मेलाबाट आफ्नो गायन यात्रा सुरु गरेका थिए।

मौलिक मनोरञ्जन, प्रतिभाको पहिचान र प्रस्फुटनमा परम्परागत रुपमा हुने प्रत्यक्ष दोहोरी प्रतियोगिताको भूमिका महत्वपूर्ण रहेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका गण्डकी प्रदेश सदस्य अमित विश्वकर्मा बताउँछन्। ‘मेला महोत्सवमा स्टेज प्रस्तुतिको व्यापकता बढेको छ, परम्परागत रुपमा हुँदै आएको लाइभ दोहोरीको संस्कृति ओझेलमा पर्दै गएको छ, तर पछिल्लो समय म्याग्दीमा त्यसको खोजी र संरक्षणमा चासो पनि उत्तिकै बढेको पाएको छु’, उनले भने। हालै बेनीमा महिला उद्यम विकास समितिले आयोजना गरेको जिल्लास्तरीय खुला दोहोरी गीत प्रतियोगितामा विभिन्न १० समूहले सहभागिता जनाएका थिए। उक्त प्रतियोगितामा नयाँनयाँ कलाकारले राखेको दोहोरी घम्साघम्सीले दोहोरी गाउने प्रतिभा जिल्लामा प्रस्फुटन र पहिचानको पर्खाइमा रहेको पुष्टि हुने उनको भनाइ।

प्रकाशित: २०८० माघ २९ गते सोमबार ०८:०७
प्रतिक्रिया

थप समाचार

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना