२०८३ कार्तिक १३ गते बिहिबार

बर्लिन फिल्म फेस्टिभलमा ९ फिल्म छानिए, नेपालबाट भामको ‘साम्बाला’ मात्रै

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ २९
sambala

काठमाडौँ-  १५ फेब्रुअरीबाट सुरु हुने ७४ औं बर्लिन इन्टरनेसनल फिल्म फेस्टिभलमा दक्षिण एसियाबाट ९ वटा फिल्म प्रदर्शन हुने भएका छन्।

प्रतियोगिताको मुख्य विधामा मीन भाम निर्देशित ‘साम्बाला’ छनोट भएको छ। २९ फेब्रुअरीमा बर्लिनमा यो फिल्म प्रिमियर हुनेछ।

फिल्मले आफ्नो पति खोज्न हिंडेकी एक गर्भवति महिलाको आध्यात्मिक यात्रालाई देखाउँछ। नेपालबाट कुनै पनि फिल्म बर्लिनको मुख्य प्रतिस्पर्धामा छानिएको यो पहिलो पटक हो।

भारतबाट मुख्य प्रतिस्पर्धामा यसपटक कुनै पनि फिल्म छैन। पछिल्लोपटक भारतबाट सन् १९९४ मा द सेल्टर अफ विंग्स मुख्य प्रतिस्पर्धामा छानिएको थियो। यद्यपी, अन्य विभिन्न क्याटागोरीमा यस वर्ष ७ वटा भारतीय फिल्म छनोट भएका छन्।

मिड डेका लागि भारतीय पत्रका मिनाक्षी रेड्डी लेख्छिन्, ‘आशा छ यो छनोटले आत्मरतीमा रमाउने भारतीय फिल्ममेकर र बेवास्ता गर्ने फिल्म दर्शकलाई महसुस हुनेछ कि हाम्रो सानो दक्षिण एसियाली छिमेकमा पनि विश्वस्तरीय प्रतिभाहरु छन्। कहिलेकाँहि उनीहरु हामीभन्दा पनि राम्रो भएका छन्।’

समग्रमा, दक्षिण एसियाको उपस्थिती बर्लिनमा बलियो हुनेछ। यस वर्ष ९ वटा दक्षिण एसियाली फिल्म यस फेस्टिभलमा प्रदर्शन हुनेछन्।

त्यस्तै युवा फिल्ममेकरका लागि लक्षित कार्यक्रम बर्लिन ट्यालेन्टमा दक्षिण एसियाबाट ९ जना छनोट भएका छन्। त्यस्तै, पाकिस्तानी मुलका अनाम अब्बास यस वर्षका लागि बर्लिन ट्यालेन्ट आवेदन छनोट जुरीमा सदस्य छन्।

राम रेड्डीको द फाब्ली पनि प्रतिष्ठित इनकाउन्टर सेक्सनमा छ। सिद्धार्थ जाट्लाको ‘इन द बेली अफ अ टाइगर’ र ‘विनोथ राज कुट्टकलीको द एडामन्ट गर्ल’ दुवै फोरम सेक्सनमा छानिएका छन्।

त्यसैगरी जेनेरेसन सेक्सनमा नेपालबाट सौरभ घिमिरेको ‘संग्स् अफ लभ एन्ड हेट’ पनि छानिएको छ।

प्रकाशित: २०८० माघ २९ गते सोमबार १२:४१
प्रतिक्रिया

थप समाचार

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना