काठमाडौँ- एनआईसी एसिया बैंक लिमिटेडका संस्थापक अध्यक्ष जगदीश प्रसाद अग्रवाल ‘सुप्रबल जनसेवाश्री’बाट विभषित भएका छन्। नयाँ वर्षका दिन राष्ट्रपति रामचन्द्र पौडेलले अग्रवालाई उक्त विभुषण प्रदान गरेका हुन्।
बैंक तथा बीमा क्षेत्रका सेवामा सर्वसाधारणको पहुँच पुर्याउन भूमिका खेलेको भन्दै उनी विभुषित भएका हुन्। ६ दशकदेखि देशको उद्योग, वाणिज्य तथा व्यापार क्षेत्रमा सक्रिय अग्रवाल विशाल ग्रुपका अध्यक्ष समेत हुन्।
यस बैँकका साथै मैनावती स्टिल इन्डस्ट्रिज, कमला आइरन एन्ड स्टिल इन्टरनेसल, कमला रोलिङ मिल्स लगायतमा उनको लगानी छ।


