काठमाडौं– गायिका विनया निरौलाले नयाँ गीत सार्वजनिक गरेकी छन्।
बुधबार उनले आफ्नै युट्युब च्यानलमार्फत ‘सागर होइन मायाको’ बोलको गीत सार्वजनिक गरेकी हुन्।
आनन्द अधिकारीको शब्द, कृष्ण भारद्वाजको संगीत रहेको गीतमा मिक्सिङ र मास्टरिङ श्यामस्वेत रसाइलीले गरेका छन्।
सदाबहार गीतको भिडिओमा विनी बस्नेतलाई देख्न सकिन्छ। सतिज श्रेष्ठको सम्पादन रहेको गीतको भिडिओलाई मिलन सन्करले खिचेका हुन्।


