काठमाडौँ- भारतीय फिल्म ‘दंगल’मा बाल कलाकारको भूमिकामा देखिएकी अभिनेत्री सुहानी भटनागरको १९ वर्षको उमेरमा निधन भएको छ। दंगलमा आमिर खानकी कान्छी छोरी (जुनियर बबिता फोगाट) को भूमिका निभाएकी सुहानीको उपचारका क्रममा मृत्यु भएको हो।
उनको खुट्टा भाँचिएको थियो। खुट्टाको उपचारका लागि लिइरहेको औषधिको प्रतिक्रियाका कारण सुहानीको पूरै शरीर पानीले भरिएको अन्तराष्ट्रिय संचार माध्यायमले जनाएका छन्। यही प्रतिक्रियाका कारण उनको मृत्यु भएको हो।
आमिर खानको टोलीले सामाजिक सञ्जालमा लेखेको छ, ‘सुहानीको निधनको खबरले हामी अत्यन्तै दुखी छौँ। उहाँकी आमा पूजा जी र सम्पूर्ण परिवारलाई हाम्रो समवेदना। सुहानी एक धेरै प्रतिभाशाली कलाकार थिइन्, उनले सधैँ एक टोली खेलाडीको रूपमा काम गरे। उनीबिना दंगल अधुरो हुन्थ्यो । सुहानी तिमी सधैँ हाम्रो मनमा स्टार रहनेछौँ।’


