काठमाडौं– निरन्तर रुपमा कर्मशील संगीतकर्मी तथा गायक कस्तुप पन्तले यसपटक आफ्नै शब्द र संगीतमा लोकप्रिय गायक थानेश्वर गौतमलाई अघि सारेका छन्।
पन्तले तयार पारेको कहाँ गयौ निरमाया बोलको आधुनिक गीत हालै मात्र सार्वजनिक भएको छ। गीतसँगै यसको श्रब्यदृश्य सामग्री पनि कस्तुपको आफ्नै युटुब च्यानलमा उपलव्ध छ। ‘प्रेमिल भावनाले ओतप्रोत विषयवस्तु रहेको यो गीत सार्वजनिक भएपछि जेजस्ता प्रतिक्रिया प्राप्त भएका छन् त्यसले मलाई उत्साही बनाएको छ’, सर्जक पन्तले नेपाल क्लिक्ससँग भने, ‘यस्ता गीतहरुको आयु र सन्दर्भ दीर्घकालिन हुने हुनाले पनि यो सृजनापछि अलग खालको आनन्द अनुभूति भइरहेको छ।’
पन्तको च्यानलमा उपलव्ध गीति भिडिओलाई कुमार केसीले निर्देशन गरेका छन्। केसी पनि पछिल्लो छिमलमा म्युजिक भिडियो वृत्तमा स्थापित र सक्रिय निर्देशक मानिन्छन्। सो भिडियोमा बिमल अधिकारी, बादल घिमिरे र कुशुम शर्माको अभिनय रहेको छ।


