२०८३ कार्तिक १३ गते बिहिबार

३० विधामा रारा राष्ट्रिय म्युजिक अवार्ड प्रदान, गायनमा डेभिड र नीता उत्कृष्ट

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण १८
429630564_1133001107711621_7624864246929845652_n

काठमाडौँ– रारा राष्ट्रिय म्युजिक अवार्ड २०८० सम्पन्न भएको छ। कनका सुन्दरी फिल्मसको आयोजनामा सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा अवार्ड कार्यक्रम भएको हो।

समारोहमा प्रथम देउडा गायक स्वर्गीय महाशंकर देबकोटाको नामबाट महाशंकर राष्ट्रिय प्रतिभा पुरस्कार २०८० वरिष्ठ देउडा गायिका सेतु खड्कालाई प्रदान गरिएको छ। समाजसेवी संस्थाका प्रमुख सल्लहकार रतननाथ योगी र पत्रकार गीता अधिकारी पनि सम्मानित भएका छन्।

कार्यक्रममा मागल, हुड्के देउडा र छलो प्रस्तुत गरिएको थियो। कार्यक्रममा गीत संगीतका विभिन्न ३० विधाका विजेता कलाकार तथा स्रस्टाहरुलाई अवार्ड तथा सम्मान प्रदान गरिएको छ।

कार्यक्रममा सर्वोत्कृष्ट गीतकार पुरुषको अवार्ड टेक तामाङ, सर्वोत्कृष्ट आधुनिक पप गायक डेविड शंकर तथा गायिका नीता आचार्य त्यसैगरि सर्वोत्कृष्ट आधुनिक पप मोडल विधामा पुरुषतर्फ पुष्प खड्का तथा महिलातर्फ वर्षा शिवाकोटीले अवार्ड प्राप्त गरेका छन्।

लोक विधाका सर्वोत्कृष्ट मोडल महिलामा एन जेड शालु र पुरुषमा सागर लम्साल बलेले अवार्ड जितेका छन्।

सर्वोत्कृष्ट आधुनिक/पप म्युजिक भिडियो निर्देशनको अवार्ड डिबी खड्का, सर्वोत्कृष्ट नवमोडलमा पुरुषतर्फ अन्सु बर्मा र महिला पवित्रा शाकीलले अवार्ड जितेका छन्। कर्णालीमा जन्मे–हुर्केका संगीतकर्मी पदमबहादुर रोकायाको संयोजनमा अवार्ड हुँदै आएको छ। उक्त अवार्डमा कर्णालीका भाषा, भेषभुसा समेत झल्काउने गरिएको छ।

यस्तो छ अवार्ड विजेतको सूची

१.उत्कृष्ट राष्ट्रिय भावको गीत

अजय पल सिंह– छोरो नेपालको

२. उत्कृष्ट गीत

शम्भु कुँवर– माइली

३. उत्कृष्ट गीतकार (आधुनिक/पप)

पद्मा लिङ्खा मगर– अम्मली पो भएँ

रोहित घिमीरे— सान्बाबु

४. उत्कृष्ट संगीतकार (आधुनिक/पप)

रामकुमार रिमाल— पूरा भयो सपना

५. उत्कृष्ट गायक (आधुनिक/पप)

डेविट शंकर— सधै यस्तै मिठा कुरा

६. उत्कृष्ट गायिका (आधुनिक/पप)

निता आचार्य— मनको धोको

७. उत्कृष्ट नव गायन (आधुनिक/पप)

निमा शेर्पा— भन आज

८. उत्कृष्ट मोडल पुरुष (आधुनिक/पप)

पुष्प खड्का— अम्मली पो भए

९. उत्कृष्ट महिला मोडल (आधुनिक/पप)

वर्षा शिवाकोटी— पानी दर

१०.उत्कृष्ट नव मोडल महिला (आधुनिक/पप

पवि शाकी— जुम्ला

११. उत्कृष्ट नव मोडल पुरुष (आधुनिक/पप)

अंशु बर्मा— सुन चाँदी २

१२. उत्कृष्ट म्यूजिक भिडियो निर्देशक (आधुनिक/पप)

डिबी खड्का— सधैं यस्तै मिठा कुरा

१३. उत्कृष्ट शब्द रचना (लोक दोहोरी)

याम प्र. निउरे— तिम्रो घरबार

१४. उत्कृष्ट लय (लोक दोहोरी)

डा. शिव सुवेदी— दुःख टर्या छैन

१५. उत्कृष्ट लोक दोहोरी गायक

कुमार कार्की – मनको चाहाना

१६. उत्कृष्ट लोक दोहोरी गायिका

पूर्णकला वि.सी.— माइली

१७. उत्कृष्ट मोडल पुरुष लोक दोहोरी

सागर लम्साल— वनै ज्यू दाजै ज्यू

१८. उत्कृष्ट मोडल महिलालोक दोहोरी

एन जेड सालु— आँखैमा बस्छौकी माया

१९. उत्कृष्ट नव मोडल (लोक दोहोरी)

गणेश भट्ट— मैसाप

२०.उत्कृष्ट लोक दोहोरी म्यूजिक भिडियो निर्देशक
मिलन श्रेष्ठ— मनमा तिमी

२१.उत्कृष्ट छायाङ्कार

विरेन्द्र भट्ट— नपार दोधारमा

२२. उत्कृष्ट सम्पादक

अमृत चापागाई— म त मर्छु होला

२३. उत्कृष्ट एरेन्जर

विशासाल निरौला –— किन मरिनँ म–२

२४. उत्कृष्ट श्रृङ्गार

विमला तामाङ— सकम्बरी

२५. उत्कृष्ट अडियो मिक्सिङ्ग

मनोज परियार— भिर माहुरी

२६. उत्कृष्ट गायक भाषाभाषी

सागर एस वाइबा— केप्पा योङ योङ

२७. उत्कृष्ट गायिका भाषाभाषी

कृष्णा सिराडी— बास घुघुती

दिपा रोकाया— सालीभिना (जुरी अवार्ड )

२८. उत्कृष्ट नव प्रतिभा गायन (भाषाभाषी)

पशुपति खनाल— सँगै लैजा मलाई

२९. उत्कृष्ट लाइभ दोहोरी गायक

छत्र शाही

३०.उत्कृष्ट मोडल जुरी अवार्ड

सुजल बम

प्रकाशित: २०८० फाल्गुण १८ गते शुक्रबार १२:५२
प्रतिक्रिया

थप समाचार

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना