काठमाडौँ- शुक्रबारबाट सुरु भएको संगीत महोत्सव ‘इकोज् इन द भ्याली’को आठौं संस्करणमा विभिन्न सांगीतिक कार्यक्रम भइरहेका छन्।
हनुमानढोका संग्रहालय र इतुम बहाल क्षेत्रमा दुई दिनसम्म फेस्टिभल आयोजना गरिएको छ।
महोत्सवमा अमेरिका, भारत, मौरिसस, स्पेन र युक्रेनका कलाकारले प्रस्तुति गरेका थिए।
महोत्सवमा डब डब दफा, दहना, राजामती गायक, हिमालयन हाइवे, सोनगी ब्लुज र सुरसुधाको प्रस्तुति रहेको थियो।
डेढ सय कलाकारको सहभागिता रहने फेस्टिभलमा दुई कार्यशाला, दुई प्रदर्शनी, सम्पदा भ्रमण, परिवार तथा बालबालिका गतिविधि, स्थानीय खाना र स्वदेशी उत्पादन प्रस्तुत गर्ने स्टल रहेका छन्।
पहिलो दिन शास्त्रीय सांगीतिक समूह सुरसुधाले प्रस्तुति दिएको थियो।
महोत्सवमा मिथिलेश्वर जिझिया टोली, इतुम बहलको स्थानीय धिमे समूह, भारतको मणिपुरको प्रयोगात्मक लोककलामा आधारित सिओम र मरिससको सांगीतिक समूह अबाइमको प्रस्तुति रहेको थियो।















