काठमाडौँ- बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजले काठमाडौँमा क्याटवाक गरेकी छन्।
काठमाडौँको होटल याक एन्ड यतीमा शनिबार आरबी डायमन्ड ज्वेलरीको आयोजनामा भएको फेसन ज्वेलरी शोमा फर्नान्डेजले क्याटवाक गरेकी हुन्।
आरबी डायमन्ड ज्वेलर्सले आफ्नो २७ औँ वार्षिकोत्सवको अवसरको मौका पारेर ज्वेलरी फेसन शो आयोजना गरेको हो।














