काठमाडौं- कर्जा निक्षेप (सीडी) अनुपात कायम नगरेको भन्दै नेपाल राष्ट्र बैंकले ५ वाणिज्य बैंकलाई जरिमाना गराएको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा राष्ट्र बैंकले तोकेको ९० प्रतिशत सीडी कायम नगरेको भन्दै ५ बैंकले जरिमाना तिरेका हुन्।
नबिल, ग्लोबल आईएमई बैंक, सेन्चुरी (तत्कालीन), कृषि विकास बैँक र हिमालयन बैंकले सीडी उल्लंघन गरेपछि जरिमानामा परेका हुन्।
बैंक सुपरीवेक्षण विभागले सार्वजनिक गरेको सूचीमा ग्लोबल आईएमई बैंकले ४ करोड ४२ लाख जरिमाना तिरेको देखिएको छ। यसैगरी कृषि विकास बैंक लिमिटेडलाई करिब ६९ लाख ५८ हजार, हिमालयन बैंकलाई ७१ लाख ७२ हजार र नेपाल बैंक लिमिटेडलाई १८ लाख ५९ हजार रकम जरिमाना तिरेका छन्।
यस्तै तत्कालीन सेन्चुरी बैंकलाई २ करोड ८२ लाख र नबिल बैंकलाई ६ करोड ४६ लाख रुपैयाँ जरिमाना गराएको राष्ट्र बैंकले जानकारी दिएको छ।




