२०८३ कार्तिक ९ गते आईतबार

थाइल्यान्डका नेपाली व्यवसायी ओलीलाई ‘याेङ अचिभर’ अवार्ड

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

बैंकक, बैशाख २
Untitled-2

बैंकक- थाइल्यान्डमा रहेर व्यवसाय गर्दै आएका नेपाली युवा व्यवसायी लाेकेन्द्र ओली ‘द याेङ अचिभर’ अवार्डबाट सम्मानित भएका छन्।

ग्लाेबल युथ पार्लियामेन्टद्वारा बैंककमा आयाेजित दुईदिने सम्मेलनमा रूकुम घर भएका ओली उक्त अवार्डबाट सम्मानित भएका हुन्।

ओली एनआरएनए थाइल्यान्डका युवा संयाेजकसमेत हुन्।

परदेशमा रहेर नेपालकाे सामाजिक सेवामा सक्रिय ओली गैरआवासीय नेपाली संघ (एनआरएनए)मा पनि आबद्ध छन्।

बैंककस्थित सुकुम्बितमा आयाेजित समारोहमा थाइल्यान्डकाे प्रतिनिधिसभा सांसद सुपाकाेन तांगटिफाईबुँतना र डिफेन्स कमिसनका अध्यक्ष वीराेज लाखनाडिसाेरान र युथ पार्लियामेन्टका अध्यक्ष दिवाकर अर्यालले ओलीलाई मेडल र प्रमाणपत्रसहित अवार्ड प्रदान गरेका हुन्।

कार्यक्रममा विभन्न देशबाट प्रतिनिधित्व गरेका युवाहरूलाई पनि अवार्ड प्रदान गरिएकाे थियाे।

ग्लाेबल युथ पार्लियामेन्ट अवार्ड सन् २०१७ देखि सुरूवात भएकाे हाे। याे हरेक वर्ष हुँदै आएकाे छ। युवा सम्मेलनमा ८२ भन्दा बढी देशका युवाले सहभागिता जनाइसकेका छन्।

युथ पार्लियामेन्ट युवाहरूले आफ्नाे आवाज बुलन्द गर्ने प्लेटफर्म हाे। नेतृत्व विकास, युवा सशक्तीकरण, जलवायु परिवर्तनले युवामा पारेकाे असरलगायत वैश्विक समस्याबारे छलफल हुने गर्छ।

यसपटक एआई प्लेटमफर्मकाे विकास, जलवायु परिवर्तनले युवाहरूमा पारेकाे प्रभावबारे छलफल भएकाे अध्यक्ष दिवाकर अर्यालले जानकारी दिए।

प्रकाशित: २०८१ बैशाख २ गते आईतबार ०५:२६
प्रतिक्रिया

थप समाचार

दशैँपछि खुलेको बजारमा सुन तोलामै ११ हजार ७०० रुपैयाँ सस्तियो

दशैँ बिदापछि आइतबार खुलेको सुनचाँदी बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य २३० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी...

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

दशैँको टीका लगाउने आज अन्तिम दिन, धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

काठमाडौँ: आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज देशभर मनाइँदै छ। हिन्दू धर्मावलम्बीहरूले विशेष धार्मिक महत्वका साथ मनाउने कोजाग्रत पूर्णिमासँगै नेपालीहरूको महान् चाड...

आजको मौसम: यी प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ भने तराई भूभागमा मौसम मुख्यतया सफा...

सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान, हेर्नुस् तस्बिरहरूमा

धादिङ: सधैँजसो धुवाँधुलो र सवारी जामले अस्तव्यस्त रहने नागढुंगा सडक यो वर्ष दशैँमा पनि प्रायः सुनसान छ। देशका करिब ६८ जिल्लाबाट संघीय राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा–सिस्नेखोला...
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
roshan_rakhal
ब्लग

रेमिटेन्सले उज्यालिएको घर, उजाडिएको गाउँ

एउटा समय थियो सबै आधारहरू हामीसँग थिए, तर आर्थिक आधार हाम्रो कमजोर थियो। अहिले अवस्था उल्टिएको छ। आर्थिक आधार पहिलेभन्दा राम्रो छ, तर अरू सबै आधारहरू कमजोर र धराशयी बन्दै गएका छन्।
swarnim
समाज

३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख, १ लाख जित्ने १६ जना को? [सूची]

काठमाडौँ: नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गरेर लिएको बिलका आधारमा १० लाख रुपैयाँ जितेकी छन्। आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गोलाप्रथाबाट...
lAXMIL
साहित्य

महाकवि देवकोटाको कथा: ‘उनको मने’

खुकुरीले रेट्न थालेको मात्र थियो जुनुले उसको पाखुरा अकस्मात् समातेर रुँदै भनिन्, 'नकाट नि ! नकाट ! ! मेरो मनेलाई ।'
ncell
सूचना प्रविधि

एनसेलमाथि राज्यको वक्रदृष्टि: लोकप्रियतावादको पासोमा विदेशी लगानी र बालेन सरकारको परीक्षा

स्मार्ट टेलिकमलाई सरकारीकरण गर्ने नाममा राज्यले एउटा कम्पनीको अस्तित्व नै नामेट पार्‍यो। २५ वर्षे लाइसेन्स सकिने बहानामा राज्यले अहिले एनसेलमाथि त्यस्तै जालो बुन्दैछ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना