काठमाडौँ: नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गरेर लिएको बिलका आधारमा १० लाख रुपैयाँ जितेकी छन्।
आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गोलाप्रथाबाट तामाङ बम्पर पुरस्कारका लागि छनोट भएकी हुन्। विशाल बजारमा आइतबार आयोजित कार्यक्रममा कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले विजेता घोषणा गरेका थिए।
विभागका अनुसार असोज १६ देखि ३१ गतेसम्म सञ्चालन भएको कार्यक्रममा दैनिक १६ जना विजेताले जनही एक लाख रुपैयाँ पाउनेछन्। पुरस्कार प्राप्त गर्न विजेताले कात्तिक १५ गतेभित्र सक्कल बिलसहित नजिकको आन्तरिक राजस्व कार्यालयमा सम्पर्क गर्नुपर्नेछ।
बिल लिने बानीलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालित कार्यक्रममा क्यूआर भुक्तानीबाट दर्ता भएका कारोबारसमेत गरी ३ करोड ७७ लाखभन्दा बढी कारोबार समावेश भएका थिए।
यस्तै १६ जनाले नगद १ लाख पुरस्कार प्राप्त गरेका छन्।
यी हुन् १ लाख जित्ने १६ जना



