२०८३ कार्तिक ४ गते मङ्गलबार

लेकसाइडस्थित क्याम्पिङ चौरको मुहार फेरियो

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक ४
okhara

पोखरा: पोखराको लेकसाइडस्थित हल्लनचोकमा रहेको क्याम्पिङ चौरमा वर्षौंदेखि थुपारिएको निर्माणजन्य फोहोर तथा अवशेष हटाई सो चौरलाई सम्याएर प्राकृतिक खुला र हराभरा मैदानका रूपमा विकास गर्न पोखरा महानगर लगायत सम्बन्धित निकायलाई सुझाव दिने गरी पोखरा एभेन्जर्सले सो चौरको सफाइ र लेभलिङ गर्ने काम गरिरहेको छ।

यस कार्यमा बुझाइको अस्पष्टता तथा विकासप्रतिको फरक दृष्टिकोणका कारण विभिन्न स्थानबाट अवरोध सामना गर्नुपरे तापनि हाल चौरलाई दुबो रोप्न मिल्ने अवस्थासम्म सम्याएर तयार गरिएको छ। गण्डकी प्रदेशको उद्दोग, पर्यटन तथा यातायात मन्त्रालय अन्तर्गतको पर्यटन महाशाखाको स्वामित्वमा रहेको उक्त चौरमा अब दुबो रोपेर हरियालीयुक्त प्राकृतिक खुला मैदानका रूपमा विकास गर्न पोखरा महानगरपालिकालाई अगुवाइ गर्न आवश्यक पहल र सहकार्यका लागि अनुरोध गरिनेछ।

यसैबीच, आगामी नेपाल प्रिमियर लिग (एनपीएल) का सम्पूर्ण खेल दर्शकले सामूहिक रूपमा हेर्न सक्ने गरी पोखरा एभेन्जर्सले उक्त चौरमा एक महिनासम्म सञ्चालन हुने फ्यान पार्क निर्माण गर्नेछ। फ्यान पार्कमार्फत क्रिकेटप्रेमीलाई खेल हेर्ने अवसर प्रदान गर्नुका साथै पोखराको पर्यटन, स्थानीय व्यवसाय र समग्र आर्थिक गतिविधिलाई प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ।

पोखरा एभेन्जर्सका प्रकाश लामिछानेले पोखराको पर्यटन विकासमा खेलकुदलाई प्रभावकारी माध्यमका रूपमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

‘हामीले आफ्नै ठाउँमा रहेका अवसर र चुनौती दुवैको पूर्ण अपनत्व लिँदै खेलकुदको माध्यमबाट पर्यटन विकास गर्न हामी पूर्ण रूपमा प्रतिबद्ध छौँ। सार्वजनिक स्थानको संरक्षण, सौन्दर्यीकरण र उपयोगमार्फत पोखराको पर्यटनलाई थप उचाइमा पुर्‍याउनु हाम्रो उद्देश्य हो,’ लामिछानेले भने।

प्रकाशित: २०८३ कार्तिक ४ गते मङ्गलबार १२:००
प्रतिक्रिया

थप समाचार

दशैँमा काठमाडौँ छाड्नेको संख्या घट्यो, हालसम्म ५ लाख ७६ हजार फर्किए गृहजिल्ला

गत वर्षको तुलनामा यस वर्ष दशैँमा काठमाडौं उपत्यका छाड्नेको संख्या कम, हालसम्म ५ लाख ७६ हजारभन्दा बढी बाहिरिए काठमाडौं। गत वर्षको तुलनामा यस वर्ष दशैँ मनाउन काठमाडौं उपत्यका छाड्ने सर्वसाधारणको...

निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व

गण्डकी: अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण गरेका विदेशी पर्यटकबाट बर्सेनि करोडौँ रुपैयाँ राजस्व सङ्कलन हुने गरेको छ। विदेशी नागरिकका लागि निषेधित मानिएका...

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ: गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा मुस्ताङ आउने पर्यटक घटेका छन्। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार गत वर्षको साउनदेखि असोजसम्म यहाँ एक लाख १८...

नवरात्राको अन्तिम दिनः आज महानवमी मनाइँदै

काठमाडौँ: प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज देशभर नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदैछ। महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका...

दशैँका लागि मुस्ताङ मार्ग भएर ल्याइयो ३५ करोड बढीका भेडाच्याङ्ग्रा

मुस्ताङ: हिमालका उच्च लेक, बुकी र पाटनमा हुर्किएका भेडाच्याङ्ग्रा दशैँ नजिकिएसँगै बेँसी झरेका छन्। मुस्ताङका खर्कदेखि कर्णालीका हिमाली बस्तीसम्म पालिएका भेडाच्याङ्ग्रा जोमसोमको बाटो हुँदै...
46174be9-0cb1-4503-94ca-b420b8b3b675
अन्तर्वार्ता

अर्थतन्त्र र अहिलेको सरकारबारे रामेश्वर खनालको ‘क्लोज सट’: ‘अब सानो सुधारले पुग्दैन’

अहिलेको सरकारको शक्ति कहाँ छ भन्ने कुरा लगानीकर्ताले बुझ्न सकेका छैनन्। शक्ति कहाँ छ भन्ने थाहा भए त्यहीँ गएर कुरा गर्थे। जहाँ गएर कुरा गर्छन्, त्यहाँबाट कुनै सहारा प्राप्त नहुने र कहाँ गएर...
hbl
बैंकिङ

वित्तीय अवस्था कमजोर बन्दै गएपछि हिमालयन बैंकमा सीईओ फेर्न कसरत, नयाँको खोजी हुँदै!

पूर्व मुख्यसचिव डा. वैकुण्ठ अर्याल बैंकको अध्यक्ष बनेर आएपछि बैंकको सीईओ फेरबदल गर्ने विषयमा घनिभूत छलफल अघि बढेको छ। बैंकको वित्तीय अवस्था सुधार गर्न नयाँ सीईओ र नायब प्रमुख कार्यकारी अधिकृत...
urja
पूर्वाधार

विद्युत व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने योजना अन्तिम चरणमा, आशयपत्र दिने तयारी

निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउन आशयपत्र (एलओआई) दिने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयारी गरेको छ।
swarnim
समाज

३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख, १ लाख जित्ने १६ जना को? [सूची]

काठमाडौँ: नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गरेर लिएको बिलका आधारमा १० लाख रुपैयाँ जितेकी छन्। आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गोलाप्रथाबाट...
money
पूर्वाधार

एनआरएन इन्फ्रास्ट्रक्चरले ३ कम्पनीमा १ अर्ब ३० करोड लगानी गर्दै, जलविद्युतमा मात्रै १ अर्ब २० करोड

कम्पनीले दुई जलविद्युत आयोजना र एक केबल उद्योगमा गरि कुल १ अर्ब २९ करोड ९७ लाख ५० हजार रुपैयाँ लगानी गर्ने सैद्धान्तिक निर्णय गरेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना