२०८३ कार्तिक ४ गते मङ्गलबार

निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक ४
annapurna-area-tourists
फाइल फोटो

गण्डकी: अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण गरेका विदेशी पर्यटकबाट बर्सेनि करोडौँ रुपैयाँ राजस्व सङ्कलन हुने गरेको छ। विदेशी नागरिकका लागि निषेधित मानिएका उपल्लो मुस्ताङ र मनाङको नार फू क्षेत्रमा अनुमति लिएर भ्रमण गर्न पाउने कानुनी व्यवस्था छ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका अनुसार निषेधित क्षेत्र घुमेका पर्यटकबाट प्रवेश शुल्कबापत गत आर्थिक वर्षमा २१ करोड ६९ लाख ९७ हजार ५०० रुपैयाँ सङ्कलन भएको थियो। आयोजनाका प्रमुख डा. रविन कडरियाका अनुसार उपल्लो मुस्ताङमा १० दिनको भ्रमण अनुमति लिएका १,८५५ पर्यटकबाट प्रतिव्यक्ति ५०० डलर र एक दिनको भ्रमण गरेका २,५६९ पर्यटकबाट प्रतिव्यक्ति ५० डलर सङ्कलन गरिएको हो।

त्यस्तै सात दिनको भ्रमण अनुमति लिएर मनाङको नार फू क्षेत्रमा प्रवेश गरेका १,३३८ जना पर्यटकबाट प्रतिव्यक्ति १०० डलरका दरले प्रवेश शुल्क उठेको छ। निषेधित क्षेत्र प्रवेशको शुल्क अध्यागमन कार्यालयमार्फत सङ्कलन हुने गर्छ। अध्यागमन कार्यालयमार्फत उठ्ने निषेधित क्षेत्रको यो प्रवेश शुल्क सङ्घीय सरकारको राजस्व खातामा जाने गरेको आयोजना प्रमुख डा. कडरियाले बताए।

यसअघि निषेधित क्षेत्रको भ्रमण गरेका विदेशी पर्यटकबाट प्रवेश शुल्कबापत आर्थिक वर्ष २०८१/०८२ मा ३० करोड १७ लाख ५२ हजार रुपैयाँ र आर्थिक वर्ष २०८०/०८१ मा २३ करोड ८९ लाख ६६ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो। सरकारले तिब्बतसँग नाका जोडिएका यी हिमाली क्षेत्रहरूलाई निषेधित क्षेत्र घोषणा गरेको छ।

प्रकाशित: २०८३ कार्तिक ४ गते मङ्गलबार १२:१४
प्रतिक्रिया

थप समाचार

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ: गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा मुस्ताङ आउने पर्यटक घटेका छन्। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार गत वर्षको साउनदेखि असोजसम्म यहाँ एक लाख १८...

दशैँका लागि मुस्ताङ मार्ग भएर ल्याइयो ३५ करोड बढीका भेडाच्याङ्ग्रा

मुस्ताङ: हिमालका उच्च लेक, बुकी र पाटनमा हुर्किएका भेडाच्याङ्ग्रा दशैँ नजिकिएसँगै बेँसी झरेका छन्। मुस्ताङका खर्कदेखि कर्णालीका हिमाली बस्तीसम्म पालिएका भेडाच्याङ्ग्रा जोमसोमको बाटो हुँदै...

तातोपानी नाका नियमित संचालनमा ल्याउन व्यवसायीहरूको माग

काठमाडौँ: सिन्धुपाल्चोकको तातोपानी नाका तीन दिनका लागि संचालनमा आएको छ। यही कात्तिक १ देखि ३ गतेसम्म नाका खुलेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। उक्त मन्त्रालयले जारी गरेको...

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौँ। दुग्ध विकास संस्थान (डीडीसी) को थप एक हजार ५०० किलो घिउ र १५० किलो याक चिज संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई पुगेको छ। दसैँ र तिहारलाई लक्षित गरी नेपाली दुग्धजन्य उत्पादन दुबई पठाइएको...

चौथो त्रैमाशमा आर्थिक वृद्धि ४ प्रतिशत हुने प्रक्षेपण, विद्युतको मुख्य योगदान

विद्युत उत्पादन, प्रसारण, वितरण, निक्षेप संकलन तथा ऋण प्रवाह, निर्जीवन बीमा प्रिमियम संकलन, आवास तथा भोजन सेवा लगायतका क्रियाकलापमा भएको वृद्धिले सहयोग गरेको कार्यालयले जनाएको छ।
46174be9-0cb1-4503-94ca-b420b8b3b675
अन्तर्वार्ता

अर्थतन्त्र र अहिलेको सरकारबारे रामेश्वर खनालको ‘क्लोज सट’: ‘अब सानो सुधारले पुग्दैन’

अहिलेको सरकारको शक्ति कहाँ छ भन्ने कुरा लगानीकर्ताले बुझ्न सकेका छैनन्। शक्ति कहाँ छ भन्ने थाहा भए त्यहीँ गएर कुरा गर्थे। जहाँ गएर कुरा गर्छन्, त्यहाँबाट कुनै सहारा प्राप्त नहुने र कहाँ गएर...
hbl
बैंकिङ

वित्तीय अवस्था कमजोर बन्दै गएपछि हिमालयन बैंकमा सीईओ फेर्न कसरत, नयाँको खोजी हुँदै!

पूर्व मुख्यसचिव डा. वैकुण्ठ अर्याल बैंकको अध्यक्ष बनेर आएपछि बैंकको सीईओ फेरबदल गर्ने विषयमा घनिभूत छलफल अघि बढेको छ। बैंकको वित्तीय अवस्था सुधार गर्न नयाँ सीईओ र नायब प्रमुख कार्यकारी अधिकृत...
swarnim
समाज

३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख, १ लाख जित्ने १६ जना को? [सूची]

काठमाडौँ: नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गरेर लिएको बिलका आधारमा १० लाख रुपैयाँ जितेकी छन्। आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गोलाप्रथाबाट...
urja
पूर्वाधार

विद्युत व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने योजना अन्तिम चरणमा, आशयपत्र दिने तयारी

निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउन आशयपत्र (एलओआई) दिने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयारी गरेको छ।
money
पूर्वाधार

एनआरएन इन्फ्रास्ट्रक्चरले ३ कम्पनीमा १ अर्ब ३० करोड लगानी गर्दै, जलविद्युतमा मात्रै १ अर्ब २० करोड

कम्पनीले दुई जलविद्युत आयोजना र एक केबल उद्योगमा गरि कुल १ अर्ब २९ करोड ९७ लाख ५० हजार रुपैयाँ लगानी गर्ने सैद्धान्तिक निर्णय गरेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना