२०८३ कार्तिक १३ गते बिहिबार

मनोरञ्जन क्षेत्रमा कार्यरत महिलाको गुनासो – न तलब पाइन्छ, न सम्मान

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख १४
muss

काठमाडौँ- रामेछापकी डोमा तामाङ केही वर्षअघि रोजगारीको खोजीमा काठमाडौँ आइन। देशको राजधानी भएकाले सजिलै जागीर पाइएला भनेर यहाँ आएकी उनलाई सोचेजस्तो सजिलो भने भएन। धेरै ठाँउमा धाउँदा पनि खोजेजस्तो जागीर नपाएपछि उनले अन्तिम विकल्पकारूपमा एउटा क्याट्रीनमा काम गरिन।

निकै मिहेनतपछि हातमुखजोर्ने जागीर पाएपछि को खुसी नहोला ! त्यस्तै खुसी थियो उनमा पनि। सरकारले श्रमका लागि तोकेको आठ घण्टाभन्दा दोब्बर अर्थात दिनको झण्डै १६ घन्टा काम काम गरे पनि सोअनुसार पारिश्रमीक नपाएपछि भने उनी खिन्न भइन्।

‘कामअनुसारको पारिश्रमिक पाएत ठिकै थियो, उल्टै शारिरीक र मानसिक दुर्व्यवहार सहनुपरेको छ’, उनले भनिन्। ‘न समयको टुङ्गो, न कामअनुसारको दाम। त्यसैमा विवाहका लागि काठमाडौँका ब्याङ्क्वेटमा खटिदाँ फरक फरक स्वभावका मान्छेहरूसँग ठोकिन पुग्दा गलत नियत राख्नेहरूसँग जोगिनु अर्को जोखिम रहेको डोमाको भनाइ छ।

‘कामगर्दा कार्यरत संस्थामा भोग्ने समस्या त छँदैछन्। त्योबाहिर पनि सुरक्षित अवस्था छैन। पछिल्लो समय त क्याट्रीनसम्म मानव बेचबिखन गर्ने बिचौलीया छिरेकाले हामी महिला थप जोखिममा छौँँ’, उनले भनिन्।

शुक्रबार काठमाडौँमा शुभअवसर ग्राम नेपालले आयोजना गरेको एक कार्यक्रममा मनोरञ्जन क्षेत्रका पेशागत पीडित सहभागीले यस्तै समस्या व्यक्त गरेका थिए।

रामेछापकै रबिना तामाङले डोमाको जस्तै गुनासो गरिन। स्नातक तह अध्ययन गरिरहेको बताउनने उनी पनि काठमाडौँको एउटा क्याट्रीनमा कार्यरत छिन्। तोकिएको समयभन्दा बढी परिश्रम गर्नुपर्ने बाध्यताले पढाईमा निकै समस्या भएको तर अर्को विकल्प नहुँदा दुखजिलो गरेर काम गरिरहनुपरेको उनको भनाइ छ। उनले भनिन्, ‘पढ्ने रहर छ तर समय पुग्दैन। न त परिश्रम गरेजति पारिश्रमीक पाइन्छ।’

विराटनगरकी सुनिता खड्काले पनि मनोरञ्जन क्षेत्रमा काम गरेको लामो समय भयो। सो अवधिमा श्रम शोषण मात्रै होइन शारिरीक र मानसिक दुर्व्यवहारसमेत भोग्नुपरेको उनले सुनाइन्।

मनोरजञ्जन क्षेत्र आफैँमा नराम्रो होइन तर यस क्षेत्रका सञ्चालकहरूले व्यवसायलाई व्यवस्थित बनाउन समस्या भइरहेको उनको भोगाइ छ। ‘मनोरञ्जन क्षेत्रमा धेरै महिला जोखिमपूर्ण अवस्थामा छन्। तोकिएको समयभन्दा बढी श्रम गर्दा पनि न समयमा तलब पाइन्छ, न त सम्मान नै। त्यसैले हाम्रो पेशागत सुरक्षा कसले गर्ने ?’, उनको प्रश्न छ।

अधिकारकर्मी रसना ढकाल भने मनोरञ्जन पेशा कलाकार जन्माउने क्षेत्र भएकाले सोहीअनुसार उचित सम्मान र पारिश्रमिकको व्यवस्था हुनुपर्ने धारणा राख्छिन।

मनोरञ्जन क्षेत्रमा कामगर्ने महिला तथा किशोरीले कोठा नपाउने, कोठा खोज्नकै लागि ‘लिभिङ टुगेदर’ बस्नुपर्ने, त्यसरी बस्दा थुप्रै अपराधीक गतिविधि निम्तिएका उनले बताइन्। ‘उहाँहरूले नियुक्ती पत्रसमेत पाउनुभएको छैन, समयमा तलब पाउने कुरा त परैजाओस्’, रसनाले भनिन्, ‘मनोरञ्जन क्षेत्रलाई मर्यादित बनाउन व्यवसाय सञ्चालकदेखि राज्यका हरेक निकाय सचत हुन जरूरी छ।’

काठमाडौँ महानगरपालिकाका सामाजिक विकास विभाग अधिकृत भवानी कपालीले महानगरले गरेको अनुगमनमा डान्सबार, होटलका तथा मनोरञ्जन क्षेत्रमा कामगर्र्ने किशोरीहरू बढी असुरक्षित रहेको बताइन्।

यस्ता क्षेत्रमा कामगर्ने महिला तथा किशोरीलाई आत्मनिर्भर बनाउनुका साथै पेशालाई व्यवस्थित र मर्यादित बनाउने महानगरको योजना बनाइरहेको उनले जानकारी दिइन्। त्यसैगरी सबै वडालाई आफ्नो क्षेत्रमा रहेका डान्सबार र रेष्टुरेन्टको अवस्थाबारे अनुगमन गर्न निर्देशनसमेत दिइएको उनको भनाइ छ।

कार्यक्रममा शुभअवसर ग्राम नेपालका प्रतिनिधि रञ्जना शर्माले सन् २०२३ मा मनोरञ्जन क्षेत्रमा कार्यरत महिलाको अवस्थामाथि अनुसन्धान प्रतिवेदन प्रस्तुत गरेकी थिइन्। मनोरञ्जन क्षेत्रमा कामगर्ने महिला तथा पुरुषमध्ये धेरैले नियुक्ती पत्र नपाएको, शारिरीक र मानसिक शोषण खेप्नुपरेको, समयमा तलब नपाएको, सम्मानजनक व्यवहार नभएजस्ता समस्या अनुसन्धानले देखाएको शर्माले उल्लेख गरिन्।

प्रकाशित: २०८१ बैशाख १४ गते शुक्रबार ०८:०५
प्रतिक्रिया

थप समाचार

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना