काठमाडौँ- कलाकार सीपी लोहनीको निधन भएको छ।
अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो।
८६ वर्षका लोहनीको उपचारकै क्रममा सोमबार निधन भएको हो।
लोहनी चर्चित नेपाली चलचित्र माइतीघरका नायक हुन्।
पछिल्लो समय उनी पार्किन्सन,अल्जाइमर्स र नियोनियाबाट पीडित थिए।
उनकी श्रीमती माला सिन्हा भारतीय नायिका हुन्।


