काठमाडौं- गायक प्रकाश सपूतले चलचित्र ‘वसन्त’ निर्माण गर्ने घोषणा गरेका छन्।
आइतबार काठमाडौंमा कार्यक्रम आयोजना गर्दै प्रकाशले चलचित्रको नाम र कलाकारबारे जानकारी गराएका हुन्।
चलचित्रको मुख्य भूमिकामा प्रकाश स्वयं रहनेछन्। उनको अपोजिटमा स्वस्तिमा खड्का हुनेछिन्।
चलचित्रमा अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरेलगायत कलाकारको अभिनय रहनेछ।
चलचित्रको निर्देशन पनि प्रकाश आफैँले गर्नेछन्। सिनेमामा लेखन र संगीतसमेत प्रकाशकै हुनेछ।
चलचित्र आउँदो चैते दसैँमा रिलिज गरिने उनले बताएका छन्।
सिनेमामा कार्यकारी निर्माता मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नेन्सी शेरचन रहनेछन्।
प्रकाशले चलचित्र ‘परदेशी–२’ मा अभिनय गरेका थिए।
सोही सिनेमाबाट अनुभव हासिल गरेर आफैँ निर्माणमा आएको उनले बताए।


