काठमाडौँ- अभिनेता राजेश हमालले आइतबार जन्मदिन मनाएका छन्। पाल्पा जिल्लाको तानसेनमा २०२१ साल जेठ २७ गते जन्मिएका उनले ६०औँ जन्मदिन मनाइरहेका हुन्।
पत्नी मधु भट्टराईको साथमा उनले बूढानीलकण्ठ मन्दिरमा वैदिक विधिअनुसार पूजापाठ गरेर जन्मदिन मनाएका हुन्।
स्वर्गीय दीपक रायमाझी निर्देशित ‘युगदेखि युगसम्म’बाट हिरोको रूपमा नेपाली फिल्ममा प्रवेश गरेका उनले करिअरमा २ सयभन्दा बढी फिल्ममा काम गरेका छन्।
उनले पहिलो पटक फिल्म ‘भाग्यरेखा’मा अभिनय गरेका थिए।
विदेशी भूमिमा नेपालीले गरेको संघर्षका कथा भन्ने/देखाउने कार्यक्रम ‘यो नेपाली शिर उचाली’लाई हमालले प्रस्तुत गर्न थालेका छन्। जेठ २५ गते प्रसारण भएको पहिलो शृंखलामा पोर्चुगलमा सेफको काम गर्ने टंक सापकोटाको संघर्षको कथा प्रस्तुत गरिएको छ।











