२०८३ कार्तिक १३ गते बिहिबार

पूर्वमन्त्री गिरीले गरे डा शिव सुवेदीको ‘म त तिम्रो हैन’ सार्वजनिक

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार २७
sf

काठमाडौं- गीतकार डा. शिव सुवेदीको नयाँ गीत ‘म त तिम्रो हैन’ सार्वजनिक भएको छ। गीतकार संघ नेपालको आयोजनामा भएको कार्यक्रममा पूर्व कानुन तथा संघीय मामिला मन्त्री पदमकुमार गिरी र लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रिता थापामगरले संयुक्त रुपमा सार्वजनिक गरेका हुन्।

सुवेदीको गीत ‘घाम जस्तो चम्किलो हुँदैन’ समेत १७ वर्षअघि गिरीले नै सार्वजनिक गरेका थिए। पोखराको पृथ्वीनारायण क्याम्पसमा स्ववियु सभापतिका रुपमा आफूले उक्त गीत सार्वजनिक गरेको पूर्वमन्त्री गिरीले कार्यक्रममा स्मरण गरे। उनले भने, ‘घाम जस्तो चम्किलो हुँदैन’ भन्ने उक्त गीत जन-जनको मुखमा झुन्डिएको थियो। गीत/संगीत उहाँको सक्रियता र निरन्तरतालाई मैले नजिकबाट नियालेको छु। उहाँ निकै नै प्रतिभाशाली व्यक्ति हुनुहुन्छ।’ संगीत समाजका लागि अपरिहार्य कुरा रहेको बताउँदै सर्जक अनुकुल नीति निर्माणका पक्षमा आफू सधैं उभिएको बताए। आगामी दिनमा पनि त्यसका लागि पहल गर्ने उनको भनाइ थियो।

भूकम्प विद्यामा विद्यावारिधी गर्न स्विजरल्याण्ड गएका बेला भने आफू एक प्रतिभाशाली व्यक्ति विदेशमै हराउनेमा चिन्ता लागेको बताए। नेपाल फर्किएको थाहा पाएपछि गर्व महशुस भएको उक्त कार्यक्रममा उल्लेख गरे।

प्रतिष्ठानकी अध्यक्ष थापामगरले डा सुवेदीका गीतले लोक तथा दोहोरी क्षेत्रको गरिमा कायम राखेको बताइन्। युट्युबमा भ्युज बढाउन मौलिकता, कला र संस्कृतिमाथि नै धावा बोल्न क्रम चलिरहेका बेला यस्ता गीत आउनु सुखद् रहेको बताइन्। उनले भनिन्, ‘कसैले गरिदेला भनेर बस्ने होइन, आफ्नो तर्फबाट एक्सनमा उत्रिने हो। संस्थागत रुपमा हामीले लागिरहेका छौं । सर्जकका रुपमा डा शिवहरुको भूमिका छ।’ भूकम्प विद्यामा विद्यावारिधी गरेपछि लोक संगीतलाई नै बिर्सिने चिन्ता लागिरहेका बेला नयाँ लोकदोहोरी गीत आउँदा आफू खुशी भएको समेत उनले उल्लेख गरिन्।

उक्त गीतमाथि गीतकार आनन्द अधिकारी, राजकुमार बगर र बैकुण्ठ महतले समिक्षा गरेका थिए। गीतकार अधिकारीले लोक संगीत मुटुको गीत रहेको बताए। उनले भने, ‘शास्त्रीय गीत दिमागबाट बन्छ, लोकगीत मुटुबाट आउँछ। यो गीतमा मैले गहिरो साहित्य, विम्ब र स्पष्ट दर्शन भेटेको छु।’ त्यसैगरी अर्का समिक्षक बगरले डा सुवेदीका गीतमा सधैं फरकपन भेटिने उल्लेख गरे। ‘लोकसंगीतमा उहाँको छुट्टै पहिचान छ। यो त्यसैको निरन्तरता हो तर यसपल्ट संगीतमा केही फरक आभाष गरेको छु,’ उनले भने।

त्यस्तै समिक्षक महतले गीतकार डा सुवेदी गण्डक क्षेत्रको मौलिक भाषा र शैलीलाई गीतसंगीतमा कायम राख्न सफल भएको बताए। जसले गीतलाई मौलिक र श्रवणीय बनाएको उनको भनाइ थियो। पहिलो गीत सार्वजनिक हुँदा आफू रेडियोकर्मी भएको स्मरण गर्दै उनले थपे, ‘म उहाँको पहिलो गीतबाट नै प्रभावित भएको थिएँ। त्यसपछि निरन्तर उहाँको संगीतयात्रा नियालिरहेको छु। हरेकपल्ट उहाँले झन्भन्दा झन् राम्रो कोशेली पस्किरहनुभएको छ।’

कार्यक्रममा गीतको म्युजिक भिडियो समेत प्रदर्शन गरिएको थियो। उक्त गीतमा कुलेन्द्र बिक र शान्तिश्री परियारको स्वर रहेको छ। मौसम हिमालीले निर्देशन गरेको म्युजिक भिडियोमा सनम कठायत, लोमस शर्मा र लालना चिमोरियाले अभिनय गरेका छन्। कार्यक्रममा अभिनेता कठायतले डा सुवेदीसँग पढाइ र संगीत दुवैमा आफूले सहकार्य गरेको स्मरण गरे। ‘हामी एमएस्सीसम्म सँगै पढ्यौं । उहाँ मर्मस्पर्शी गीत लेख्नुहुन्छ, म त्यस्तै गीतमा अभिनय गर्नका लागि परिचित छु। त्यसैले हाम्रो संगीतमा पनि सहकार्य जारी छ।’

प्रकाशित: २०८१ असार २७ गते बिहिबार ०८:२६
प्रतिक्रिया

थप समाचार

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना