काठमाडौँ- गायिका सुनिता बुढा क्षेत्रीको स्वरमा रहेको नयाँ तीज गीत ‘बिजुली चमक्क’ सार्वजनिक भएको छ।
कस्तुप पन्तको अफिसियल युट्युब च्यानलबाट उक्त म्युजिक भिडियो सार्वजनिक भएको हो।
‘बिजुली चमक्क’ गीतमा मोडल अञ्जली अधिकारीको फिचरिङ रहेको छ।
वरिष्ठ गायक तथा संगीतकार कस्तुप पन्तको शब्द तथा संगीत रहेको गीतलाई एच बि एन किस्मतले एरेन्ज गरेका हुन्। उक्त गीतकाे निर्माता मनु पन्तले गरेकी हुन्।
शिव पौडेलको सम्पादन तथा स्मृति तिमिल्सिना ‘गुरुआमा’को निर्देशन र कोरियोग्राफीमा भिडियो तयार गरिएको हो। भिडियोको निर्माण उमङ फिल्मले गरेको हो।


