काठमाडौँ- नेपाली फिल्म लाइफ ड्यामेजको शुभमुहुर्त सम्पन्न भएको छ। शुक्रबार काठमाडौँ कमलादीको गणेश मन्दिरमा फिल्मको शुभमुहूर्त गरिएको हो।
‘कन्टेन्ट क्रियटर’का रुपमा चर्चामा आएका निमेष श्रेष्ठले फिल्म निर्देशन गर्न लागेका हुन्। यो उनको डेब्यु निर्देशन हुनेछ।
मुहूर्तमा सुरक्षा र निमेशसहित चलचित्रका प्रमुख कलाकारहरू र प्राविधिक टोली उपस्थित थिए।
फिल्म ‘फेन्टासी कमेडी ड्रामा’मा आधारित रहेको फिल्मका मिडिया तथा प्रेस प्रमुख जीवन पराजुलीले जानकारी दिए।
फिल्ममा नायिका सुरक्षा पन्तसँग उनै निमेषले स्क्रिन सेयर पनि गर्ने भएका छन्।
फिल्ममा ईशा थापा, सञ्जना महर्जन, अमोघ अर्याल, अनीश जङ्ग थापा, अजय पन्त, निरू खड्कालगायतको अभिनय रहने पराजुलीको भनाइ छ।
फन रिभोलुसन इन्टरटेनमेन्टको ब्यानरमा बन्ने फिल्म यसै वर्ष प्रदर्शन गर्ने लक्ष्य निर्धारण गरिएको छ।


