काठमाडौँ– शाहरुख खान ५८ वर्षको उमेरमा पनि फिट र सक्रिय छन्। प्रशसकहरू प्रायः उनको जीवनशैली जान्न उत्सुक हुन्छन्।
उनीहरूलाई लाग्छ, ‘शाहरुख सधैँ फिट र सक्रिय हुनुको राज के हुनसक्छ?’
उनले एक अन्तर्वार्तामा आफ्नो दिनचर्याको खुलासा गरेका छन्। हालै ‘द गार्जियन’सँग कुरा गर्दै उनले आफ्नो दैनिकी सेयर गरे।
उनले आफ्नो तालिकामा प्रायः बिहान ५ बजे सुत्ने र बिहान ९ वा १० बजे उठ्ने गरेको बताए। यसका साथै उनी सुत्नुअघि कसरत गर्छन्। यससँगै अभिनेताले आफू दिनमा एकपटक मात्रै खाना खाने गरेको बताए।


