काठमाडौँ- अभिनेत्री अरुणिमा लम्सालले दोस्रो बिहे गरेकी छन्। उनले कांग्रेस नेता युवराज श्रेष्ठसँग विवाह गरेकी हुन्।
नेपाली चलचित्र उद्योगमा कुनै बेला एकछत्र राज गरेकी सुन्दर अभिनेत्री अरुणिमा एकाएक अमेरिका पलायनसँगै फिल्म उद्योगबाट टाढिएकी थिइन्।
पहिलो श्रीमानसँग अमेरिकामा बस्दै आएकी उनले ७ वर्षअघि डिभोर्स दिएपछि सिंगल स्टाटसमा थिइन्। लम्साल र पहिलो श्रीमानका तर्फबाट एक छोरी छन्।
सोमबार काठमाडौं बत्तीसपुतलीस्थित राम मन्दिरमा लम्सालले कांग्रेस नेता श्रेष्ठसँग सुटुक्क लगनगाँठो कसेकी हुन्।
अरुणिमाका श्रीमान श्रेष्ठ वबराहक्षेत्र नगरपालिका, सुनसरीका स्थानीय कांग्रेस नेता हुन्। उनी बराहक्षेत्र नगर कमिटीका उपसभापतिसमेत हुन्।
अरुणिमाको दोस्रो बिहेमा निकट आफन्तबाहेक अन्य व्यक्तिलाई आमन्त्रण गरिएको थिएन। बुझिएअनुसार उनीहरुको यो मागी बिहे हो।
सुनसरी जिल्ला अदालतमा ‘कोर्ट म्यारिज’ गरेर काठमाडौँ आएपछि लम्साल र श्रेष्ठले सामाजिक परम्पराअनुसार विवाह गरेका हुन्।


