काठमाडौँ– फिल्म ‘कङ्गारु’को मुख्य अभिनेत्रीमा स्वस्तिमा खड्का अनुबन्धित भएकी छन्। फिल्मका लागि निर्माण पक्षले सोमबार स्वस्तिमासँग कागजी सम्झौता गरेको हो।
सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको यो फिल्ममा यसअघि केदार घिमिरे ‘माग्ने बुढा’, जितु नेपाल र अर्पण थापा अनुबन्धित भइसकेका छन्। फिल्म राजिभ गुरुङ ‘दीपक मनाङ्गे’को प्रस्तुतिमा बन्न लागेको हो।
यसअघि फिल्म ‘लाखे’ निर्देशन गरेका बस्नेतले यो फिल्मलाई सस्पेन्स, थ्रीलर र कमेडी जनरामा निर्माण गर्न लागिएको बताए। नायिका फाइनल गरेसँगै अब केही महिनामै छायाँकनमा जाने तयारी रहेको निर्देशक बस्नेतले जानकारी दिए।
३५ दिनको छायांकन सेड्युल तय गरिएको फिल्मको छायांकन अष्ट्रेलीयाको सिड्नी, न्यूकासल, क्यानबेरा लगाएतका क्षेत्रमा गरिने उनको भनाइ छ।
फिल्ममा सीमा गुरुङको कथा रहेका छ। फिल्मका छायाँकार सुशन प्रजापति हुन्।


