काठमाडौँ– आजबाट काठमाडौँका थिएटरहरूमा तीन नाटकको नियमित मञ्चन सुरु हुनेछ।
थापागाउँस्थित मण्डला थिएटरमा ‘नुग्:ध’, बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा ‘सोरठी’ र टेकुस्थित कौसी थिएटरमा ‘काँचो धागो’ मञ्चन हुनेछन्।
नाटक ‘सोरठी’लाई सञ्जय काउछा मगरले लेखेका छन् भने निर्देशन संगीता थापा मगरले गरेकी छन्। नाटकलाई यम ल्हायो मगर र प्रमोद खड्काले निर्माण गरेका छन्।
यो नाटक ३० गतेसम्म मञ्चन हुनेछ। यो मगरहरूको संस्कृतिमाथि बनेको नाटक हो। ‘काँचो धागो’लाई मुक्तिले लेखेका हुन् भने परिकल्पना तथा निर्देशन आशान्त शर्माले गरेका छन्। यो नाटक भदौ २१ गतेसम्म मञ्चन हुनेछ।
नाटक ‘नुग्:ध’लाई नुहाङ लामाले लेखेका छन् भने विजय तामाङले निर्देशन गरेका छन्। यो नाटक भदौ १८ गतेसम्म थापागाउँस्थित मण्डला थिएटरमा मञ्चन हुनेछ।


