२०८३ कार्तिक १३ गते बिहिबार

धेरै हेरेपछि आफ्नै फिल्म झुर लाग्ने रहेछ : निर्देशक सुजित बिडारी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २२
Sujit Bidari

काठमाडौं– ‘फिल्म हेर्दा आनन्द भएजस्तो बनाउन पनि आनन्द हुन्न?’

‘हुँदैन नि‘।’

तेस्रो ‘काठमाडौँ–कलिङ साहित्य महोत्सव’को ‘सिनेमामा कथावाचन कला’ सेसनमा फिल्म ‘ऐना झ्यालको पुतली’का निर्देशक सुजित बिँडारीसँग पत्रकार वसन्त बस्नेत गफिँदै थिए।

सुजित निर्देशकले एउटै फिल्मलाई निकै समय मस्तिष्कमा लिएर हिँड्नुपर्दाका पीडा पनि सम्झिरहेका थिए।

थप्दै थिए, ‘तपाईले एउटै फिल्म यति पटक हेर्नुहुनुछ कि रिफ्रेसनेस केही हुन्न। एक समयमा पुगेपछि लास्टै झुर फिल्म हेरिरहेछु भन्ने अनुभूत हुन्छ।’

सुजित फिल्म बनाउन चाहने नयाँ पुस्ताहरूलाई आफ्ना अनुभव सुनाउँदै सुझाव दिइरहेका थिए। ‘हजार पल्ट एउटै फिल्म तपाईंले रिभाइज गरिरहनुपर्ने हुन्छ। कस्तो भइरहेछ एक समयमा जज नै गर्न सक्नुहुन्न। रिपिटेड्ली हेर्दाहेर्दै अब्जेब्टिभ्ली हेर्न सकिन्न,’ उनले सुनाए, ‘यत्रो इनर्जी, बजेट, समय खर्च भएको छ। यो बेलामा पनि जजमेन्ट गर्ने अवस्थामा हुनुहुन्न भने स्टेट अफ माइन्ड कस्तो होलारु’

उनको सुझाव छ, ‘त्यस्तो अवस्थामा पनि सरेन्डर गर्न सक्छु भन्ने क्षमता छ भने लाग्नुस्।’

उनले मेकर बन्न आफूलाई जति टाढा बसेर हेरियो उति कन्टेन्टहरू भेट्न सकिने बताए। उनको ठम्याइ छ, ‘तपाईं जति टाढा बसेर आफूलाई हेर्नुहुन्छ उति सिर्जनशील कन्टेन्ट देख्नुहुन्छ। आफूबाट डिट्याच हुनुपर्ने पहिलो सर्त हो। डिट्याच भएर आइसकेपछि तपाईंले सबैतिर कथा देख्नुहुन्छ।’

सुजितले लघु फिल्म ‘सावित्री’ र फिचर फिल्म ‘ऐना झ्यालको पुतली’ निर्देशन गरे। दुवै फिल्मले सुजितलाई कुशल कथावाचकको रुपमा स्थापित गरिदिए। ‘ऐना झ्यालको पुलती’ त उनका जीवनका नोस्टाल्जियासँग जोडिएको छ। ‘मलाई कम्युटरको फोल्डरहरू डिलिट गर्ने आँट आउँदैन। मसँग एल्बम्मा यति धेरै पुरानो संकलन छन् कि तिनीहरू मेमोरीमा बाँच्ने प्राणी जस्तो लाग्छ,’ फिल्ममा कथा छनोटको विषयतर्फ इँगित गर्दै भन्छन्, ‘अहिले जे छु विगतको नतिजा नै हो। त्यो साना साना कुराले पारेको प्रभावलाई फिल्ममा देखाउन पाए सबैलाई रिलेट गर्छ ठान्छु।’

परम्परागत नेपाली फिल्महरूमा चर्को साउन्ड, डाइलग र मल्टिपल द्वन्द्वको प्रसँग जोड्दै वसन्तले सुजितका शैलीबारे कोट्याए। जसको शैलीमा चर्का साउन्ड, डाइलग र ठूला द्वन्द्वहरू पर्दैनन्। तर परम्परागत फिल्म हेर्ने बानी परेकाहरूले भन्न पनि सक्छन्, ‘यस्तो पनि फिल्म?’

सुजित सानो क्यानभासमा फिल्म बनाउन रमाउने बताउँछन्। ‘ठूलो क्यानभासमा बनाउन थाल्ने हो भने कोतर्दा कोतर्दै समय जान्छ। सानो क्यानभासमा काम गर्न थाल्यो भने गहिराइमा जान सकिन्छ होला,’ सुजित भन्छन्।

सुजित आफ्ना फिल्महरूमा काब्य वा साहित्यको मीठो मिश्रण गराउँछन्। वसन्तले यो पनि सोधे, ‘पहिलो फिल्म सावित्री साहित्यकारको कथाबाट लिनुभयो। दोस्रो फिल्मको नाम जुराउन पनि साहित्यको प्रभाव देखिन्छ।’

सुजित काब्य वा काब्यिक हुन पन पराउने दाबी गर्छन्। चाहे भवानी भिक्षुको कथा ‘टाइपिस्ट’लाई ‘सावित्री’ बनाउँदा होस् वा ‘ऐना झ्यालको पुतली’को शीर्षक जुराउँदा होस्, उनलाई काब्यिक अर्थ दिन मन लाग्छ।

प्रकाशित: २०८१ भदौ २२ गते शनिवार ०५:५३
प्रतिक्रिया

थप समाचार

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना