२०८३ कार्तिक १३ गते बिहिबार

‘नयाँ पुस्ताका रंगकर्मीलाई हाइरार्की मन पर्दैन’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २४
rangamanch

काठमाडौं– कलिङ साहित्य महोत्सवको दोस्रो दिन ‘रंगमञ्चमा पुस्तान्तरण’ शीर्षकमा नयाँ पुस्ताका तीन रंगकर्मीबीच अन्तर्क्रिया भएको छ। वक्ताहरु आकांक्षा कार्की, अनिल सुब्बा र सरस्वती चौधरीले रंगमञ्चका नयाँ पुराना समयका सकारात्मक र नकारात्मक पक्षहरूबारे चर्चा गरे।

आकांक्षाले रंगमञ्चमा आफूलाई पदसोपान मन नपर्ने बताइन्। ‘रंगमञ्चमा मलाई हाइरार्की पटक्कै मन पर्दैन, नमस्ते गर्ने निम्तो दिने परम्परा ठिक होइन जस्तो लाग्छ, अहिलेको पुस्ताले यो तोड्दै जानुपर्दछ,’ उनले भनिन्।

रंगमञ्चमा पुस्तान्तरणको विषयमा बोल्दै उनले अबको नयाँ पुस्ता नराम्रो र राम्रो दुवै पक्षलाई प्रश्न गर्ने आवश्यकता रहेको सुनाइन्।  पछिल्लो समय अनुशासन र प्यासन एकदमै कम रहेको उनको भनाइ छ। ‘पहिलाको समयमा थिएटरको राम्रो प्रभाव थियो। युवापुस्ता विदेश पलायन हुने भएकाले नाटक कलामा यसको प्रत्यक्ष असर परेको हो,’ उनले भनिन्।

अनिल सुब्बाले आफू रंगमञ्चमा पैसा होइन्, दु:ख गर्नुपर्छ भन्ने स्कुलिङबाट आएको बताउँदै भने, ‘पछिल्लो समय रंगमञ्च क्षेत्रमा व्यवसायिक बन्ने कोशिस भइरहेको छ।’

रंगकर्मी चौधरीले रंगमञ्चमामात्र नभई हरेक क्षेत्रमा एक पुस्ताले अर्को पुस्तालाई हस्तान्तरण गर्दै जानुपर्ने तर्क राखिन्। तर, कतिपय अवस्थामा गुरुले चेलाहरुले गरेको कामलाई कदर नगरेको उनीसँग तितो अनुभव छ।

उनले भनिन्,‘हामी गुरुलाई एकदमै इज्जत गर्छौ उहाँहरुको कारण नै हामी यहाँसम्म आइपुगेका हौं। तर पनि हाम्रो कामलाई कदर गरिदैन्। पछिल्लो समय यो कुरालाई चिर्दै पनि आएको छ। नयाँ पुस्ताले नयाँ अभ्यास गरिहेका छन्। त्यसमा स्टेज नाटकमात्र छैन। अन्य फर्ममा अभ्यास भइरहेको छ। अहिले नाटक राम्रो राम्रो छ।’

पहिलेभन्दा अहिले थिएटरको संख्या बढेकाले नाटक हेर्ने विकल्प रहेको सुनाइन्। ‘पहिले नाटक हेर्नको लागि गुरुकुलमात्रै थियो। दिनमै ३ वटा शोसम्म हुन्थे। दर्शकको फ्लो एकदमै बढी थियो। एकदमै रमाइलो लाग्थ्यो। अहिले थिएटर नै ५/६ वटा छन्। दर्शकको च्वाइस बढ्न थाल्यो। त्यसैले दर्शक घटेको होइन बढिएको हो।’

आकांक्षाले नेपाली थिएटरमा नाटक एक डेढ महिनासम्म एउटै नाटक चल्नु सकारात्मक पाटो रहेको बताइन्। तर, अन्य देशका साथीहरुले यत्रो लामो समय नाटक कसरी चल्दछ भनेर प्रश्न गर्ने बताइन्।

‘पहिलेभन्दा काम गर्नेमा शैली के फरक छ?’ सहजकर्ता रीना मोक्तानले अनिलतर्फ प्रश्न तेर्साइन्।

जसमा रंगकर्मी सुब्बाले भने, ‘म आदिवासी कथाको पछि लागिरहेको छु। मलाई बालकृष्ण सम र विजय मल्लको कथा मेरो जस्तो कहिल्यै लागेन। त्यो हिसाबले मैले मेरो बेलामा कथा खोज्नुपर्छ जस्तो लाग्छ। ७२ सालबाट म आदिवासी कथाको रिसर्चमा छु।’

तर, आदिवासी कथामा नाटक बनाइराख्दा मूलधारमा स्वीकार्यता नभएको उनको गुनासो छ।

‘अलि अगाडि दया दाईले राईहरुको नाटक बनाउने कोशिस गर्नुभएको थियो। चिनेको दया र किरण दाइ हुनुहुन्थ्यो। दाइले १५ दिन गरेर रोक्नुभएको रहेछ। फिल्मको कुरा गर्दा निर्देशक नवीन सुब्बालाई खेदे,’ उनले भने, ‘हाम्रो कथा चाँहि किन नाटक किन परेन त? बल्ल अनुभव हुँदैन। आर्ट मात्र रहनेछ। मलाई चाँहि ह्यामलेट बनाउँदा पनि लिम्बुनै बनाउन्छु लागिरहेको छ। यो रिसले नै होला।’

प्रकाशित: २०८१ भदौ २४ गते सोमबार ०८:५४
प्रतिक्रिया

थप समाचार

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना