२०८३ कार्तिक १३ गते बिहिबार

डकुमेन्ट्री ‘द अनसाइलेन्स्ड’ असोज २० गते नेपालमा प्रदर्शन हुँदै

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २
documantry

काठमाडौँ– प्रमोद लामिछानेद्वारा निर्मित वृत्तचित्र ‘द अनसाइलेन्स्ड’ को नेपालमा प्रिमियर हुने भएको छ। आगामी ६ अक्टोबर अर्थात असोज २० गते काठमाडौंको सीटीसी मलस्थित सीडीसी सिनेमाजमा प्रदर्शनी हुँदैछ।

वेन फिल्म्स प्रा. लि. को विशेष प्रस्तुति रहेको यो डकुमेन्ट्री नेपालमा पहिलोपटक प्रदर्शन हुन लागेको हो। टोसित घटानेद्वारा निर्देशित यस डकुमेन्ट्रीमा चार नेपाली महिलाहरुको संघर्षको कथा समेटिएको छ। जहाँ उनीहरुको सामाजिक मान्यताहरूसँगको चुनौतीपूर्ण यात्रा र जीवनको पुनःनिर्माणका अनुभवलाई चित्रण गरिएको छ।

एक घण्टा नौ मिनेट लामो डकुमेन्ट्री वास्तविक कथाहरूबाट प्रेरित छ। जसमा राधा, माया, सुन्दरी, र सुकुनको जीवनका अद्भुत यात्रालाई प्रस्तुत गरिएको छ। काठमाडौंमा प्रदर्शनको लागि टिकट विक्रीमा खुला गरिएको छ। डकुमेन्ट्री हेर्न दर्शकले ७५० पैसाको टिकट काट्नुपर्नेछ।

बालविवाहपछि घरेलु दासत्वमा बाध्य भएकी राधाले बाँच्नका लागि आफ्‌नो अभिनेत्री बन्ने सपना त्याग्छिन्। त्यस्तै, मायाले कुवेतमा मानव बेचविखनको भयावहताबाट उम्किएर नेपाल फर्कन्छिन्। यहाँ एक उद्यमीका रूपमा नयाँ जीवनको सुरुवात गर्छिन्।

शारीरिक रूपमा होचो भएकी सुन्दरीले समाजका मान्यताहरूलाई चुनौती दिँदै पुरुष प्रधान भूमिकामा पुजारी बन्छिन्। र, पितृसत्तात्मक भेदभावलाई दृढताका साथ जित्छिन्।

सुकुन जसले आफ्‌नो तल्लो जातको कारण सामाजिक अवरोधहरूलाई सहेर नेपालको सुन्दर हिमालहरूको बीचमा हस्तकलाका उत्पादनहरू बनाएर आफ्‌नो परिवारलाई सहयोग गर्छिन्।

डकुमेन्ट्री यी चार महिला पात्रको वरिपरि घुमेको छ। नेपालपछि यो डकुमेन्ट्रीको अन्तर्राष्ट्रिय प्रिमियर सिड्नी अस्ट्रेलियाको प्यालेस सेन्ट्रल सिनेमाजमा अक्टोबर ३१ तारिखमा हुनेछ। त्यसैगरि, क्यालिफोर्निया, संयुक्त राज्य अमेरिकाको लाएमल्ले थिएटर्समा २०२५ जनवरी १० मा प्रदर्शनी हुनेछ।

यस डकुमेन्ट्रीले यसअघि थुप्रै अन्तर्राष्ट्रिय महोत्सवमा सहभागीसहित अवार्डहरु जितिसकेको छ। यो डकुमेन्ट्री इन्टरनेशनल इन्डिपेन्डेन्ट फिल्म अवार्ड्समा गोल्ड विजेता, इटालीको रियाले फिल्म फेस्टिवलमा अवार्डको विजेता हो।

त्यसैगरी, लिभरपुल बेलायतको इन्डी अवार्ड्समा फाइनलिस्ट, बार्सिलोना स्पेनको इन्डी अवार्ड्समा फाइनलिस्ट भएको यो डकुमेन्ट्री डेनमार्कको इन्टरनेशनल विमेन्स फिल्म फेस्टिवल, बेलायतको लिफ्ट अफ फिल्ममेकर सेसस, रोमानियाको सिनेमेटिक युरोपियन फिल्म फेस्टिवल, टोकियो जापानको लिफ्ट अफ फिल्म फेस्टिवल र न्युयोर्क फिल्म एन्ड सिनेमाटोग्राफी अवार्ड्समा अफिसियल छनोट भएको थियो।

वेन फिल्म्सले अहिले नेपाल, लिथुआनिया, संयुक्त राज्य अमेरिका र बेलायतमा आफ्‌नो कार्यालयहरू सहित विश्वव्यापी रूपमा संचालन गरिरहेको छ।

प्रकाशित: २०८१ असोज २ गते बुधबार ०७:३०
प्रतिक्रिया

थप समाचार

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना