काठमाडौँ– ‘ओस्कार अवार्ड २०२५’का लागि भारतबाट आमिर खान प्रोडक्सनमा बनेको ‘लापत्ता लेडिज’ समावेश भएको छ।
भारतीय फिल्म महासंघका सदस्यहरूले गरेको एकेडेमी अवार्डमा भारतको आधिकारिक प्रवेशको घोषणामा उक्त फिल्म समावेश भएको हो। ‘लापता लेडिज’ किरण रावको दोस्रो निर्देशनमा बनेको फिल्म हो।
यो फिल्म उनको ड्रिम प्रोजेक्ट थियो। जसमा किरणले लामो समयदेखि काम गरिरहेकी थिइन्।
रावले हालै सन् २०२५ को ओस्कार अवार्डमा आफ्नो फिल्म समावेश होस् भन्ने सपना पूरा भएको बताएकी थिइन्।
‘लापता लेडिज’ले पाँचवटा फिल्मलाई पछि पार्दै सन् २०२५ को ओस्कार अवार्डमा प्रवेश गरेको हो। ‘वाझाई’, ‘टांगलान’, ‘उलोजकुहु’ र ‘श्रीकान्त’लाई पछि पार्दै फिल्मले ओस्कार २०२५ मा आफ्नो स्थान बनाएको हो।।
‘लापत्ता लेडिज’ कमेडी ड्रामा फिल्म हो। यो विवाहपछि बेपत्ता भएका दुई महिलाको कथा हो। यस फिल्मको कथा सुरजमुखी गाउँका दीपक (स्पर्श श्रीवास्तव) बाट सुरु हुन्छ, जसले आफ्नी नवविवाहित श्रीमती फूल (नितान्शी गोयल) लाई आफ्नो गाउँबाट बिदा गरेर पहिलो पटक आफ्नो ससुरालमा लैजान्छ।
तर फूल संयोगवश ट्रेनमा पछाडि छोडिन्छे र दीपक गल्तीले अर्की महिला (प्रतिभा रन्ता) ल्याउँछ। यसपछि उनको जीवनमा घट्ने घटना र पात्रहरूमा ल्याउने रुपान्तरण फिल्मको कथा हो।
नेपालबाट भने यसपटक मिन भाम निर्देशित फिल्म ‘साम्बला’ ओस्कारका लागि छनोट भएको छ।


