काठमाडौँ– शाहरुख खानले हालै अबु धाबीमा भएको २४औँ अन्तर्राष्ट्रिय भारतीय फिल्म एकेडेमी (आइफा २०२४) अवार्डमा होस्टिङ गरे। उनले विक्की कौशलसँग को-होस्ट गरेका थिए। शाहरुखले ब्लकबस्टर फिल्म ‘जवान’का लागि उत्कृष्ट अभिनेताको अवार्ड पनि जिते।
यही कार्यक्रममा उनले गरेको एउटा ठट्टा अहिले भाइरल भएको छ। शाहरुखले मजाकमा आफूलाई ठूला फिल्म प्रोजेक्टहरू पहिले आउँछन्, त्यसपछि मात्रै कतै जान्छन् भनेर दाबी गरे। उनको जवाफ सुनेर विक्की कौशल अचम्मित देखिए।
शाहरुखले आमिर खान र करीना कपूरलाई २०२२ को फिल्म ‘लाल सिंह चड्ढा’ बारे सोधे। र भने, ‘आमिरले त्यो फिल्म गर्नुहुन्न थियो।’ शाहरुखको जवाफ सुनेर विक्की र दर्शक हाँसे। त्यसपछि शाहरुखले भने, ‘आई लभ यु आमिर।’ ‘लाल सिंह चड्डा’ आमिर खानको फ्लप फिल्मको सूचीमा पर्छ।
योफिल्म क्लासिक हलिउड फिल्म ‘फरेस्ट गम्प’बाट प्रभावित थियो। तर बक्स अफिसमा फिल्मले कमजोर प्रदर्शन गर्यो। फिल्मले १ सय ८० करोड रुपैयाँको बजेटको तुलनामा १ सय ३० करोड मात्र कमाएको थियो। आमिरको अभिनयको खास तारिफ पनि खासै भएन। त्यसपछि आमिर अभिनयबाट टाढिए।
विक्कीले शाहरुखलाई फिल्म ‘पुष्पा’को बारेमा सोधे। ‘तपाईलाई त्यो ब्लकबस्टर फिल्म गर्ने मौका दिइएको थियो?’
यसमा शाहरुख भन्छन्, ‘ओ माई गड। तिमीले त्यो कुरा सोध्यौ जुन सम्झेर म आज पनि चिन्तित छु। म पुष्पा अवश्य गर्न चाहन्थेँ। तर अल्लु अर्जुन जस्तो स्गे
हे भगवान । आफैलाई सोध्नुहोस् किन तपाईलाई आज पनि समस्या छ। म पक्कै पनि पुष्पालाई गर्न चाहन्थें तर अल्लु अर्जुन जस्तो म्याच हुन सकिनँ।’


