काठमाडौँ– बलिउड अभिनेत्री सोनाली कुलकर्णीले एक अन्तर्वार्तामा पुराना दिनबारे खुलासा गरिन्।
सोनालीले अभिनेता सञ्जय दत्तसँग सन् २०००मा फिल्म ‘मिसन कस्मिर’मा काम गर्दाको क्षणबारे एक अन्तर्वार्तामा खुलासा गरेकी हुन्।
उक्त फिल्ममा सञ्जयसँग एउटा बेड सिन थियो। त्यो सिनको सुटिङ गर्दा सोनालीले आफू निकै तनाबपूर्ण अवस्थामा भएकी बताइन्।
उक्त फिल्ममा सोनाली र सञ्जय श्रीमान श्रीमतीको भूमिकामा थिए। ‘बेडरूम सिनको सुटगर्दा म निकै नर्भस भएँ। जब मैले मेरो कास्टयूम परिवर्तन गरें, मेरो हेयरड्रेसरले अचानक सोधे– के तिमीले वैक्सिङ गरिसकेको छौ?
यसले मलाई चकित पार्यो र म अलमलिएँ। मैले गाउन लगाएको थिएँ। मैले के गर्ने थाह थिएन। मेरा हात र खुट्टाहरु काँपिरहेका थिए,’ उनले सम्झिइन्।
यो सिनमा सोनालीले सञ्जयलाई अँगालाे हाल्नुपर्ने थियो। संवाद खासै थिएन। सञ्जयले भने सोनालीलाई नर्भस नहुन सुझाएका थिए। ‘तिमी नर्भस भयौ भने सिन राम्रो हुन सक्दैन,’ सञ्जयले भनेका थिए।
‘मिसन कस्मिर’लाई विधु विनोद चोपड़ाले निर्देशन गरेका थिए।
यो फिल्म सन् २००० मा सबैभन्दा धेरै कमाइ गर्ने तेस्रो फिल्ममा पर्यो। यसले शाह रुख खान र अमिताभ बच्चन स्टारर ‘मोहब्बतें’ सँग पनि प्रतिस्पर्धा गर्यो।


