मुम्बई- भारतीय अभिनेत्री शिल्पा सेट्टीको घरमा इन्फोर्समेन्ट डाइरेक्टोरेट (ईडी)ले छापा मारेको छ।
सेट्टीका पति राज कुन्द्राले अश्लील सामग्रीहरूको उत्पादन गरेको आरोपमा ईडीले छापा हानेको हो।
ईडीले राज कुन्द्राको कार्यालयमा पनि छापा हानेको छ। तर पोर्नोग्राफीको यो मामला नयाँ भने होइन। यो सन् २०२१ कै केस हो।
यसबाहेक मुम्बई र उत्तर प्रदेशका करिब १५ ठाउँमा समेत खोजी भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
ईडीले मोबाइल एप्लिकेसन र अन्य माध्यम मार्फत पनि पोर्नोग्राफी फिल्म बनाउने ठाउँको खोजी गरिरहेको छ।
अभिनेत्री पुनम पाण्डे, शर्लिन चोपडा र गेहाना वशिष्ठलाई पनि पोर्न फिल्म बनाएको अभियोग लागेको थियो।
कुन्द्रा २०२१ मा पनि पक्राउ परेका थिए। कुन्द्राको हटसट एपमा अश्लील भिडियो प्रसारण गरेको आरोप लागेको थियो।
केही महिनाअघि मात्रै ईडीले शिल्पा र कुन्द्रा जोडीको ९७.७९ करोड भारुको सम्पत्ति जफत गरेको थियो।
जसमा शिल्पाको जुहू फ्ल्याट र बंगला तथा कुन्द्राको नाममा दर्ता भएको इक्विटी सेयरहरू समावेश छन्।
यो मुद्दा सन् २००२ को बिटक्वाइन पोन्जी योजना घोटालामा सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित छ।
कुन्द्रा २०२१ जुलाईमा पक्राउ परेपनि दुई महिनापछि धरौटीमा रिहा भएका थिए।
ईडीले शिल्पा शेट्टीको जुहू बंगलालाई अनुसन्धानका लागि कब्जा गरेको छ।


