काठमाडौँ – सलमान खानको बहुप्रतीक्षित फिल्म ‘सिकन्दर’को टिजर आज सार्वजनिक भएको छ।
१ मिनेट ४१ सेकेन्डको टिजरमा सलमान खानको दमदार एक्सन देख्न सकिन्छ। टिजरको ब्याकग्राउन्ड म्युजिक उत्कृष्ट छ।
फिल्मका निर्देशक सिकन्दर एआर मुरुगादासले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टबाट टिजर सार्वजनिकको घोषणा गरेका थिए। यो नाडियाडवाला ग्रान्डसनको युट्युब च्यानलबाट रिलिज भएको हो।
टिजरमा सिकन्दरको भूमिकामा देखिएका सलमान खान एकैसाथ मास्क लगाएर धेरै मानिसहरुको सामना गरिरहेका देखिन्छन्।
संवाद र उत्कृष्ट ब्याकग्राउण्ड साउण्डले सलमान खानले एक एक गरेर सबैलाई ध्वस्त पारेको देखिन्छ।
सुरुमा फिल्म सिकन्दरको टिजर २७ डिसेम्बरमा सलमान खानको ५९ औं जन्मदिनको विशेष अवसरमा रिलिज हुने तय गरिएको थियो। तर, एक दिनअघि २६ सेप्टेम्बरमा भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनका कारण निर्माताहरूले यसलाई स्थगित गरेका थिए।


