२०८३ कार्तिक १३ गते बिहिबार

नयाँ वर्षमा पनि रोकिएन गाजामाथि हिंसा, इजरायली आक्रमणमा ९ प्यालेस्टिनीको मृत्यु

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस १८
Israel-Attack-Gaza-photo

एजेन्सी – इजरायल र गाजाबीच १४ महिनादेखि चलिरहेको युद्धको हालसम्म कुनै समाधान निस्किएको छैन। विश्वले नयाँ वर्षलाई हर्षोल्लासका साथ मनाइरहेको बेला यो वर्ष गाजाका बासिन्दाका लागि भने कुनै राहत आएन।

गाजा अधिकारीहरूले बुधबार इजरायली आक्रमणमा परी कम्तीमा ९ प्यालेस्टिनीहरू मारिएका बताएका छन्। जसमा अधिकांश महिला र बालबालिका रहेका बताएका छन्। इजरायली सेनाले उत्तरी गाजाको जबलिया क्षेत्रमा रहेको एउटा घरमा आक्रमण गर्दा यस क्षेत्रको अवस्था झनै बिग्रिएको छ। यो क्षेत्र युद्धका कारण पूर्ण रूपमा ध्वस्त र अलग अलग भइसकेको छ।

गाजाको स्वास्थ्य मन्त्रालयले यस हमलामा एक महिला र चार बालबालिकासहित सात जनाको मृत्यु भएको र १२ जनाभन्दा बढी घाइते भएको जानकारी दिएको छ। मध्य गाजाको बुरेज शरणार्थी शिविरमा बुधबार भएको अर्को आक्रमणमा अल-अक्सा सहिद अस्पतालले एक महिला र एक बालकको मृत्यु भएको पुष्टि गरेको छ।

हमासले अक्टोबर २०२३ मा इजरायलमा आक्रमण गरेपछि हिंसा बढ्दै गएको छ। हमासको यो आक्रमणमा १२०० भन्दा बढी मानिस मारिएका थिए भने करिब २५० जनालाई बन्धक बनाएको थियो।

जवाफमा इजरायलले गाजामा ठूलो मात्रामा हवाई र जमिन आक्रमण गरेको थियो। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ४५ हजार भन्दा बढी प्यालेस्टाइनीको मृत्यु भइसकेको छ जसमा आधाभन्दा बढी महिला र बालबालिका छन्।

इजरायली सेनाले आफ्नो आक्रमण हमासका लडाकुहरूलाई मात्र लक्षित गरेको र सर्वसाधारणको मृत्युका लागि हमासलाई जिम्मेवार ठहराएको दाबी गरेको छ।

इजरायलले आरोप लगाएको छ- हमासले जानाजानी घना जनसंख्या भएको क्षेत्रबाट आक्रमण गरेको छ, जसमा सर्वसाधारणको मृत्यु भएको छ। सेनाले हालसम्म १७ हजार हमास आतंकवादी मारिएको पनि बताएको छ।

प्रकाशित: २०८१ पुस १८ गते बिहिबार ०७:३५
प्रतिक्रिया

थप समाचार

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना