२०८३ कार्तिक १३ गते बिहिबार

चलचित्र ‘बाः एक योद्धा’को छायांकन सुरु, पशुपतिनाथमा गरियो शुभ मुहूर्त

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत ९
ba_film

काठमाडौं। नेपाली संगीत क्षेत्रमा स्थापित नाम हरि लम्साल अब चलचित्र निर्देशनमा पनि देखिने भएका छन्। उनकै लेखन तथा निर्देशनमा तयार हुन लागेको नयाँ नेपाली चलचित्र ‘बाः एक योद्धा’ को सोमबारबाट औपचारिक रूपमा छायांकन सुरु गरिएको छ।

काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा चलचित्रको निर्माण पक्षको उपस्थितिमा धार्मिक विधिपूर्वक पूजाआजा गर्दै निर्माण कार्यको थालनी गरिएको हो।

आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रले नेपाली समाजको एउटा मार्मिक पक्षलाई उजागर गर्ने लक्ष्य राखेको छ।

विगत लामो समयदेखि गायक र संगीतकारको रूपमा दर्जनौँ चर्चित गीतहरू नेपाली श्रोतामाझ पस्किसकेका हरि लम्सालले यसै चलचित्रमार्फत निर्देशकको रूपमा डेब्यु गर्दैछन्। चलचित्रको कथा र पटकथा पनि स्वयं लम्सालले नै तयार पारेका हुन्। संगीतमा आफ्नो छुट्टै पहिचान बनाइसकेका लम्सालको निर्देशकीय क्षमता कस्तो रहनेछ भन्नेमा कौतुहलता र चासो रहने भएको छ।

चलचित्रको शीर्षक र सार्वजनिक गरिएको पोस्टरको ‘थिम’ ले यो एक शुद्ध सामाजिक कथावस्तु हुने संकेत गर्छ। नेपाली परिवारमा बुवाको महत्त्व, उनले सन्तानको भविष्यका लागि गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीहरूलाई एउटा ‘योद्धा’को रूपमा चित्रण गर्न खोजिएको बुझिन्छ।

विशेषगरी ग्रामीण तथा सहरी समाजमा एउटा बाबुले आफ्नो काँधमा बोक्ने जिम्मेवारीको कथालाई यो चलचित्रले पर्दामा उतार्नेछ।

यो सिनेमामा स्थापित र अनुभवी सिनेमेटोग्राफर शिवराम श्रेष्ठको छायाकंन रहने छ। श्रेष्ठले यसअघि चर्चाको शिखरमा रहेका र व्यापारिक रूपमा ब्लकबस्टर सावित भएका चलचित्रहरू ‘पूर्ण बहादुरको सारङ्गी’, ‘बोक्सीको घर’ र ‘परान’ जस्ता सिनेमाहरू खिचेर आफ्नो कौशल प्रदर्शन गरिसकेका छन्। उनको छायांकन रहने भएकाले पनि चलचित्र ‘बाःएक योद्धा’ भिजुअलका हिसाबले उत्कृष्ट हुने अपेक्षा गरिएको छ।

यस चलचित्रका निर्माता वसन्त लम्साल हुन्। गायक तथा सर्जक समेत रहेका लम्सालले यस अघि अभिनेता विपिन कार्कीलाई लिएर चलचित्र ‘कर्मा निर्माण गरेका थिए।

चलचित्रको मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने रहेका छन् ।निर्माण पक्षले चलचित्रको छायांकन सुरु गरिसके तापनि मुख्य भूमिकामा रहने कलाकारहरूको नाम भने अहिलेसम्म गोप्य नै राखेको छ। ‘सप्राइज’ दिने उद्देश्यले कलाकारहरूको नाम सार्वजनिक नगरिएको निर्माण टोलीको भनाइ छ।

आर्टिस्टिक इन्टरटेनमेन्टले यसअघि पनि स्तरीय प्रोजेक्टहरूमा काम गर्दै आएकाले यस चलचित्रबाट दर्शकलाई एक भावनात्मक र सामाजिक विषयवस्तुमा आधारित सोशल ड्रामा युक्त मनोरञ्जनात्मक सिनेमा दिने अपेक्षा राखेको छ। निर्माण पक्षका अनुसार छायांकनको सम्पूर्ण कार्य सकिएपछि मात्र चलचित्रको प्रदर्शन मिति तोकिनेछ।

प्रकाशित: २०८२ चैत ९ गते सोमबार ०१:२९
प्रतिक्रिया

थप समाचार

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना