२०८३ कार्तिक १३ गते बिहिबार

गमगढी–नाक्चेलाग्ना सडक निर्माणको काम सुस्त, यो वर्ष छ किलोमिटर मात्र ट्रयाक खुल्ने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख १९
mugu_road

सुर्खेत। कर्णाली प्रदेश समृद्धिको ‘लाइफलाइन’का रूपमा लिइँदै आएको छिमेकी चीनसँग जोडिएको गमगढी–नाक्चेलाग्ना सडक निर्माणको काम सुस्त देखिएको छ।

उक्त सडक निर्माण सुरु भएको १० वर्षमा जम्मा १८ किलोमिटरमा सडक निर्माण गरिएको छ। मुगु सदरमुकाम गमगढीदेखि चीनको सिमाना नाक्चेलाग्नासँग जोड्ने ९३ किलोमिटर लामो दुरीको यो सडक नेपाल–भारत–चीनको त्रिदेशीय पारवहन र व्यापार विस्तारको महत्त्वपूर्ण आधार विश्वास गरिएको छ।

आर्थिक वर्ष २०६२/०६३ मा विस्तृत सर्भे गरी २०७२/०७३ सालबाट निर्माण थालिएको यो सडक १० वर्षमा १८.५ किमी मात्रै निर्माण भएको छ।

भौगोलिक विकटताका कारण सडक निर्माणको काले गति लिन नसकेको बताइएको छ। नौ वर्षमा १८ किलोमिटर ट्याक खोलिएको उक्त सडक चालू आर्थिक वर्षमा २४ किलोमिटर पुर्याउने लक्ष्य रहेको छ।

भौगोलिक विकटता रहेको उक्त सडकमा प्रयाप्त बजेट नछुटाउँदा अपेक्षाकृत प्रगति हुन नसकेको हो।

कर्णालीलाई भारत र चीनसँग जोड्न सरकारले नेपालगन्ज–सुर्खेत–हुम्ला–हिल्सा–तिब्बत जोड्ने गरी कर्णाली कोरिडोर र नेपालगन्ज–छिन्चु–जाजरकोट–डोल्पा–धो–मोरिम्ला–तिब्बत जोड्ने गरी भेरी करिडोरको अवधारणा ल्याए पनि सडक निर्माणको काम ज्यादै सुस्त छ।

आर्थिक वर्ष २०६२/०६३ मा विस्तृत सर्भे अनुसार २५ करोड रुपैयाँ लागत अनुमान गरिएको भए पनि समय बढ्दै जाँदा सडकको लागत पनि बढ्ने देखिएको छ।

संघीय सरकारको मातहत रहेको उक्त सडक आयोजनामा केही वर्ष बजेट नै नछुट्याए पछि ओझेलमा परेको थियो। २०७३ बाट गमगढी–नाक्चेलाग्ना सडकको ढुंगेधारासम्म ‘डीपीआर’ गरी सडक डिभिजन कार्यालय जुम्लाले सडकको कामलाई अघि बढाएको थियो।

आर्थिक २०७८/०७९ चार करोड ९३ लाख खर्च भएको उक्त सडकमा आर्थिक वर्ष २०७९/०८० मा चार करोड ४० लाख बजेट खर्चिएको थियो। चालू आर्थिक वर्षमा २०८२/०८३ का लागि संघीय सरकारले १५ करोड रुपैयाँ स्रोत सुनिश्चित गरेपछि सडक निर्माणको काम अगाडि बढाइएको छ।

प्रदेश राजधानी सुर्खेतबाट सबैभन्दा छोटो नाका मानिएको ३३२ किमीमा ६७ किलोमिटर सडक खोल्न अझै बाँकी छ। गमगढी–नाक्चेलाग्ना सडक अन्तर्गत २२० मिटर कडा चट्टान छिचोल्न आइतबारदेखि ब्लास्टिङ सुरु गरिएको छ। कडा चट्टानी भीर रहेकोले सडक डिभिजन जुम्लाले नेपाली सेनासँग समन्वय गरी ब्लास्टिङ सुरु गरेको हो।

दुर्गम भौगोलिक अवस्था, जोखिमपूर्ण भीर र सीमित स्रोत–साधनका बाबजुद पनि विकासको लक्ष्यलाई अगाडि बढाउँदै चट्टान छिचोल्न ब्लास्टिङ सुरु गरिएपछि कामले गति लिने अपेक्षा गरिएको छ। बजेट सुनिश्चित भएसँगै सडक निर्माणको थालिएको सडक डिभिजन जुम्लाका प्रमुख श्रवणकुमार महताराले बताए।

‘नेपाली सेनासँगको समन्वयमा कडा चट्टानमा ब्लाष्टिङको काम सुरु गरिएको छ’ उनले भने, ‘२२० किमी कडा चट्टानमा ब्लाष्टिङ गर्नु पर्ने भए पछि काम थालिएको छ।’

१८.५ किमी ट्रयाक खुला गरिएको छ चालु आर्थिक वर्षमा थप ६ किमीमा ट्याक खोलेपछि झन्डै २५ किमीमा ग्राभेल गरी सक्ने लक्ष्यका साथ काम भइरहेको उनले बताए।

नाक्चे लाग्ना नाका भएर स्थानीय बासिन्दा आवश्यक सामग्री खरिद गर्न हाटबजार जाने गरेका छन्। अस्थायी नाका खोल्न र हाटबजार नियमित रूपमा सञ्चालन गर्न नेपालस्थित चिनियाँ दूतावास र परराष्ट्र मन्त्रालयबिच सहमति भएको छ।

हाटबजारमा काठका सामग्री, जुत्ता, जडीबुटी, सिमेन्ट, जस्तापाता, चामल, छुर्पी, चिया, लत्ताकपडालगायत सामग्री किनबेच हुने गरेको मुगम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याफ्ने लामा बताउँछन्। नेपालतर्फ सडक सुविधा छैन। स्थानीय र व्यापारीले घोडा, खच्चर र चौर गाईको सहयोगमा व्यापार गर्ने गर्छन्।

गमगडी–नाक्चेलाग्ना सडक निर्माण र ग्राभेल गर्ने गरी जागृति–रारा तेन्जिन–नोर्‍याङ जेभीले ठेक्का लिएको छ। मुगु गमगढीदेखि तिब्बत नाका पुग्न पैदल पाँच दिन हिँड्नुपर्छ।

नाकासम्म मोटर बाटो खुले दुई देशबिच व्यापार वृद्धि हुने अपेक्षा गरिएको छ। सन् १९१५ देखि सीमावर्ती मुगु गाउँका आदिवासी जनजाति र तिब्बतीबिच व्यापारिक सम्बन्ध जोडिए पनि सडक नहुँदा व्यावसायिक सम्बन्ध वैध बन्न सकेको छैन।

जमनाहा नाकादेखि सुर्खेत, दैलेख सदरमुकाम महावु, कालिकोट जुम्ला, हुम्ला, मुगु, डोल्पा हुँदै चीनको सिमाना नाग्चेनाग्लासम्म सडक विस्तारका लागि सरकारले त्रिदेशीय सडकलाई प्राथमिकतामा राखेको छ। यो सडक निर्माण भए अहिलेको कर्णाली राजमार्गभन्दा ७९ किलोमिटर सडक छोटो र सुरक्षित हुनेछ।

प्रकाशित: २०८३ बैशाख १९ गते शनिवार ०८:५५
प्रतिक्रिया

थप समाचार

नागढुङ्गा सुरुङमार्ग प्रयोग गरे शुल्क लाग्ने, कुन गाडीलाई कति दस्तुर?

काठमाडौँ: नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले आगामी कात्तिक १५ गतेदेखि सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनहरूबाट सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गर्ने भएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने

काठमाडौँ: मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत मागलाई सम्बोधन गर्न र आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण...

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशत बढे, पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

काठमाडौं। लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ। आर्थिक वर्ष २०८२०८३ मा अघिल्लो आर्थिक वर्षको...

जलाशययुक्त आयोजनामा लगानी गर्न अन्तर्राष्ट्रिय समुदाय समक्ष इप्पान अध्यक्ष डाँगीको आह्वान

काठमाडौँ: स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक सहकार्यका लागि...

कर्नालीका हिमाली जिल्लामा नियमित उडानका लागि संघीय सरकारसँग छलफल गर्दै मुख्यमन्त्री

सुर्खेत: कर्नाली प्रदेश सरकारले हिमाली जिल्लामा नियमित हवाई सेवा सञ्चालन गर्न संघीय सरकारसँग समन्वय अघि बढाएको छ। प्रदेश सरकारले चालु आर्थिक वर्षमा हवाई सेवा सहुलियतका लागि ६० लाख रुपैयाँ...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना