२०८३ साउन ११ गते सोमबार

५ करोडमा बन्यो मुगुको नेरघाटमा बेलीब्रिज, झोलुङ्गे पुलको जोखिमबाट स्थानीयबासी मुक्त

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार ३०
img_8537_c0207c70

मुगु: सडक सञ्जालमा पुल वा बेलीब्रिजबाट पछि परेको हिमाली जिल्ला मुगुको सोरु गाउँपालिका वडा नम्बर ५ नेरघाटमा बेलीब्रिज निर्माण भएपछि कर्णाली करिडोरमा जोडिएको छ। योसँगै बर्षौदेखि तुईन र झोलुङ्गे पुलमार्फत आवातजावत गर्दै आएका स्थानीयबासी बेलिब्रिजको सुविधा उपभोग गर्न पाएका हुन्।

जसका कारण गाउँमा उत्पादित स्थानीय रैथाने बालीहरूले बजार पाउने साथै आयस्रोत बढ्ने भएकाले स्थानीयबासी खुशी समेत भएका छन्।

पूर्वाधार विकास कार्यालय मुगुले २०८१ साल असार ४ गते ४ करोड ९४ लाखमा ६० मिटर लम्बाई रहेको पुल ठेक्का आह्वान गरिएको नेरघाट बेलीब्रिज पुल २०८३ असार मसान्तमा सम्पन्न भएको हो। अब नेर र ताजा गाउँका १५ सय भन्दा बढी नागरिकहरूले पुलबाट दैनिक आवतजावत गर्न पाउनेछन्।

पहिला पुल नहुँदा बाबियो (घाँस) को तुइन प्रयोग गर्ने गरिएको र त्यसपछि झोलुङ्गे पुल प्रयोग हुँदै आएको थियो। तर अब बेलीब्रिजले सहज बनाएको स्थानीयको भनाइ छ। अब मानिसदेखि पशु चौपाय ओहोरदोहोर गराउन पनि सहज भएको स्थानीय विरुपक्ष शाहीले बताए।

बजार पाउनुका साथै स्थानीय नागरिकको आयआर्जनमा पनि यो पुलले सुधार ल्याउने सोरु गाउँपालिकाका अध्यक्ष धर्म बहादुर शाहीले बताए।

रिडार्क नेपाल प्रालि ललितपुर निर्माण कम्पनीले ठेक्का पाएको उक्त पुल हुम्ला कर्णाली नदी तर्फ पानीको बहाव बढी भएको, अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेका कारण निर्माण कार्य केही ढिला भएको थियो।

पुलबाट मुगुको नेर र ताजा बस्तीका १५ सय भन्दा बढी नागरिकहरूले दैनिक लाभ लिनुका साथै हुम्लाबासीले पनि सेवा लिनसक्ने पूर्वाधार विकास कार्यालय मुगुका सूचना अधिकारी मनमोहन सिंह खड्काले बताए।

प्रकाशित: २०८३ असार ३० गते मङ्गलबार ०५:५८
प्रतिक्रिया

थप समाचार

अब नागढुङ्गा सुरुङमार्ग हुँदै सररर…

राजधानी  काठमाडौँ र धादिङलाई जोड्ने गरी निर्मित नागढुङ्गा–सिस्ने खोला सुरुङ मार्गको औपचारिक उद्घाटन भएको छ। रुङमार्गको उद्घाटन पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र जापान अन्तर्राष्ट्रिय...

नागढुङ्गा सुरुङमार्गको उद्घाटन भौतिकमन्त्री र जाइका अध्यक्षले गर्ने, प्रयोग गरेको भाडा कति?

काठमाडौँ: राजधानी  काठमाडौँ र धादिङलाई जोड्ने गरी निर्मित नागढुङ्गा–सिस्ने खोला सुरुङ मार्गको सोमबार उद्घाटन हुँदैछ। सुरुङमार्गको उद्घाटन पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र जापान अन्तर्राष्ट्रिय...

राधेराधेको खण्डहर १७ तले महल: किन रोकियो? कसको हो?

राधेराधेको यो भवनसँग जोडिएको अर्को चर्चित हल्ला भने भारतीय अभिनेता गोविन्दाको नाम हो। धेरै मानिसले यसलाई ‘गोविन्दाको भवन’ भनेर चिन्ने गरेका छन्।

चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण छठपछि (तस्बिर)

काठमाडौं चक्रपथ सुधार योजनाअन्तर्गत ८.२ किलोमिटर दूरीको दोस्रो चरणको कलंकी–बसुन्धारा खण्ड निर्माण कार्य चाडपर्व (दशैँ–तिहार–छठ)लगत्तै सुरु हुने भएको छ। अन्तिम डिजाइन स्वीकृतिपछि चिनियाँ...

२१८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु, रोकिएका परियोजना अघि बढ्ने

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) भएका तर विभिन्न कारणले समयमै व्यावसायिक उत्पादन सुरु गर्न नसकेका २१८ जलविद्युत् आयोजनाको व्यावसायिक उत्पादन सुरु...
sebon adakshya
शेयर बजार

सेबोनमा अड्किए १०४ कम्पनीका आईपीओ, छैन अनुमति दिने छाँटकाँट

हाल विभिन्न क्षेत्रका १०४ वटा कम्पनी आईपीओ निष्कासनको स्वीकृतिको प्रतीक्षामा छन्। पाइपलाइनमा रहेका कतिपय कम्पनीले तीन वर्षभन्दा लामो समयदेखि अनुमति पाउन सकेका छैनन्।
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
oil
उद्योग

नेपालबाट खानेतेल आयात रोक्न भारतीय उद्योगीको दबाब, उद्योग संकटमा परेको दावी

सन् २०२५ मा नेपालबाट भन्साररहित खाद्य तेलको आयात ५४८ प्रतिशत बढेको जिकिर गर्दै एसोसियसनले तत्काल कदम चाल्न सरकारसँग माग गरेको हो। एसोसियसनका अनुसार, अघिल्लो वर्षको तुलनामा नेपालबाट खानेतेल...
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
fifa_cup
खेलकुद

विश्वकप टिम बढाएर ६४ पु्र्‍याउने फिफाको तयारी, फुटबल उद्योग ध्वस्त पार्न लागेको आरोप

फिफाले ४८ टोलीलाई परीक्षणको रुपमा लिएको जानकारी दिएका बेला आगामी चार वर्षपछि हुने विश्वकपमा ६४ मुलुक पुर्याउने चर्चा चलेपछि यसको विरोध सुरु भएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना