२०८३ असोज २५ गते आईतबार

पैसाको निक्र्योल गर्ने अधिकार राष्ट्र बैंकलाई दिऔँः कार्यकारी निर्देशक थापा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ ५
photo_3181ab2c

काठमाडौं। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक राजनविक्रम थापाले लघुवित्त क्षेत्रमा देखिएका समस्याहरू समाधानको दिशातर्फ अगाडि बढिरहेको बताएका छन्।

शुक्रबार ‘लघुवित्त क्षेत्रको पुनर्संरचनाः नीति, चुनौती र समाधान’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले वित्तीय स्थायित्वका लागि लेनदेन र पैसाको विषयमा राजनीतिक घटनाक्रम जोडिन नहुने स्पष्ट पारेका हुन्।

कार्यकारी निर्देशक थापाले लघुवित्तको समस्या समाधान गर्न सरकारले विशेष चासो लिएर कार्यदल नै गठन गरेको र त्यसमा रातको १२ बजेसम्म पनि काम भइरहेको जानकारी दिए।

समस्या समाधानका लागि सरोकारवाला निकायहरूको काम बाँडफाँट गरिएको बताउँदै उनले भने, ‘हामीले सरकार, नेपाल राष्ट्र बैंक, लघुवित्त संघ र संस्थाहरू गरी चार वटा क्षेत्रको भूमिका निर्धारण गरेका छौँ। सबैले आ–आफ्नो भूमिकामा कटिबद्ध हुन जरुरी छ र राष्ट्र बैंकले आफ्नो तर्फबाट एक्सन सुरु गरिसकेको छ।’

राष्ट्र बैंकले ऋणीहरूलाई राहत दिन कर्जा नतिरेको अवस्थामा पनि ६ महिनासम्म कालोसूचीबाट हटाउने बाटो खोलेको बताउँदै उनले यसको प्रभावकारी कार्यान्वयन गर्न लघुवित्त संस्थाहरूलाई आग्रह गरे।

यसैगरी, लघुवित्त एसोसिएसनले ग्राहकप्रतिको व्यवहार सुधार गर्न र ग्राहक संरक्षणका लागि प्रतिबद्धता जनाउँदै राष्ट्र बैंकमा दस्ताबेज पेस गरेको जानकारी दिँदै थापाले ती प्रतिबद्धताहरूलाई कडाइका साथ लागू गर्नुपर्नेमा जोड दिए।

लघुवित्त विरोधी आन्दोलनमा वास्तविक ऋणीभन्दा पनि ऋण नै नलिएका व्यक्तिहरूले वितण्डा मच्चाइरहेको तर्फ इङ्गित गर्दै उनले राजनीतिक नेतृत्वले यो कुरा बुझ्न आवश्यक रहेको बताए।

‘जनताको पैसा लगेका र ऋण नै नलगी वितण्डा गर्ने मान्छेहरूको बीचमा नछुट्याउन्जेलसम्म यो आन्दोलन र विकृति रोकिन्न,’ उनले भने, ‘हामी सरोकारवालाहरू कुनै न कुनै रूपमा राजनीतिसँग जोडिएका छौँ भने राजनीतिक नेतृत्वलाई यो यथार्थ बुझाउन जरुरी छ।’

संसारको कुनै पनि मुलुकमा वित्तीय स्थायित्वका लागि आर्थिक विषयहरू राजनीतिक घटनाहरूसँग जोडिन नहुने उनको भनाइ थियो।

‘पैसा र लेनदेनको बीचमा केन्द्रीय बैंक छ भने त्यसको निक्र्योल गर्ने अधिकार पनि केन्द्रीय बैंकले नै पाउनुपर्छ,’ थापाले स्पष्ट पारे।

 

प्रकाशित: २०८३ भदौ ५ गते शुक्रबार ०८:४६
प्रतिक्रिया

थप समाचार

राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा नरोक्न सर्वोच्चको आदेश

काठमाडौँः राष्ट्रिय परिचयपत्र नभएकै कारण नागरिकलाई बैंकिङ सेवाबाट वञ्चित गर्न नपाइने भएको छ। सर्वोच्च अदालतले बैंक खाता सञ्चालन, केवाईसी विवरण अद्यावधिक र मोबाइल नम्बर परिवर्तनजस्ता सेवाका...

धितोको साटो सम्भावना हेरेर लगानी : महिला उद्यमशीलता प्रवद्र्धन गर्न एक अर्बको ‘सिम्रिक इनिसिएटिभ’ शुभारम्भ

काठमाडौं। महिला उद्यमीहरूको पुँजी, कर्जा र बजारमा पहुँच विस्तार गर्ने उद्देश्यसहित आध्यन्त फन्ड म्यानेजमेन्ट लिमिटेडले १ अर्ब रुपैयाँ बराबरको ‘सिम्रिक इनिसिएटिभ’ औपचारिक रूपमा सुरु गरेको...

निफ्राको आठौँ वार्षिक साधारण सभा सम्पन्न, ५.२ प्रतिशत नगद लाभांश पारित

काठमाडौँः नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को आठौँ वार्षिक साधारण सभा शुक्रबार काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा सम्पन्न भएको छ। सभाले बैंकको...

विदेशी ऋणपत्रमा लगानी सीमा बढ्यो, बैंकसँग कति छ डलर?

नयाँ व्यवस्थाअनुसार ए–माइनस वा ए–थ्री स्तरको क्रेडिट रेटिङ प्राप्त गरेका मुलुकले जारी गरेका सरकारी ऋणपत्रमा बैंकहरूले एजेन्सी बैंकमा रहेको कुल विदेशी मुद्रा मौज्दातको ५० प्रतिशतसम्म लगानी...

बैंकका शाखा गाभ्दा कर्मचारी हटाउन नपाइने

काठमाडौँः नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई शाखा समायोजन वा एकीकरण गर्दा कार्यरत कर्मचारीलाई सेवाबाट नहटाउन निर्देशन दिएको छ। केन्द्रीय बैंकले एकीकृत निर्देशन संशोधन गर्दै...
Cholendra
समाचार

चोलेन्द्रसँग जोडिएका व्यक्तिको घरसम्म पुग्यो सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धान

काठमाडौँः पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग जोडिएका व्यक्ति तथा आफन्तमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान अघि बढाएको छ । विभागको टोलीले जबरासहित उनीसँग निकट सम्बन्ध रहेका...
nea_building
पूर्वाधार

२७ जलविद्युत आयोजनाको थपियो आरसीओडी, ५४० मेगावाट उत्पादन सुनिश्चित

प्राधिकरणले आयोजनाको भौतिक प्रगति, आरसीओडीको अवस्था र पीपीएअनुसार प्रवद्र्धकले पूरा गर्नुपर्ने दायित्वका आधारमा कुल २१८ आयोजनालाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ गरी चार समूहमा वर्गीकरण गरेको थियो।
gagan thapa
राजनीति

कांग्रेस सभापतिमा गगनकुमार थापा विजयी, पाए ९३.८८ प्रतिशत मत

अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन्। कुल ७ हजार १३ मत खसेको निर्वाचनमा ५४ मत बदर भएको छ।
kalyan
ब्लग

डिजिटल युगमा समाजः एआईले मौलिक पहिचान र स्थानीय ज्ञानको सीमान्तीकरण हुने खतरा

मानव सभ्यताको विकासक्रममा प्रविधि र समाज सधैं एक अर्काका परिपूरक रहँदै आएका छन्। औद्योगिक क्रान्तिदेखि सूचना प्रविधिको विकाससम्म आइपुग्दा समाजले अनेकौं फड्को मारेको छ। तर, एक्काइसौं शताब्दीको...
mutul_fund_1
शेयर बजार

आईपीओ केन्द्रीत पुँजी बजारबाट अब म्युचुअल फन्डतर्फ जाने बेला आएको हो?

सरकारले हालै ल्याएको धितोपत्र बजार सुधारको २१ बुँदे नीतिले पनि सेयर बजारलाई गति नदिएपछि नयाँ लगानीको क्षेत्र पहिचान गर्नुपर्ने आवश्यकता देखिएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना